९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

उपत्यकामा हावाको गति कमजाेर, आकाश धुम्मियो, प्रदूषण बढ्यो

उपत्यकामा हावाको गति कमजाेर, आकाश धुम्मियो, प्रदूषण बढ्यो

पछिल्लो सातादेखि मौसममा परिवर्तन आएसँगै आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको छ । हावाको गति कमजाेर हुनु र वायुमण्डलमा इन्भर्सन तह नहट्दा तुवाँलोको मात्रा धेरै भएकाले आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको हो ।

शुक्रबार दिउँसोसम्म काठमाडौं उपत्यकामा हावाको गति प्रतिसेकेण्ड दुई मिटर मात्र रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, यो हावाको गति एकदमै न्यून हो त्यसैले प्रदूषित हावा अन्यत्र जान नसक्दा र वायुमण्डलमा चिसो हावाको तह (इन्भर्सन तह) नहट्दा धुम्मिएको आकाश खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । मौसम परिर्वतन र न्यूनतम तापक्रममा सुधार आउँदा वायुमण्डल झन् प्रदूषित बन्दै आएको छ । चिसो हावाको गति कमी हुने, चिसोमा धुवाँजन्य वस्तु जलाउने भएकाले वायुमण्डल प्रदूषित हुने र तुवाँलोको मात्रा बढ्दा आकाश धुम्म हुने गरेको मौसमविद्हरुको बताएका छन् । यो धुम्म हट्न अझै एक साता लाग्ने महाशाखाको पूर्वानुमान छ । अन्य प्रिमनसुन र मनसुनको समयमा हावाको गति धेरै हुने भएकाले वायुमण्डल सफा हुने गरेको मौसमविद्हरुले जनाएको छ ।

बिहान बेलुकी मात्र नभएर दिउँसो पनि तुँवालोको मात्रा झन् बढी रहेको पाइएको छ । आकाश धुम्मिएसँगै एकसातादेखि हवाई सेवा प्रभावित बन्दै आएको छ भने तराई र हिमाली क्षेत्रमा बढी चिसो भएका कारण जनजीवन प्रभावित बनेको छ ।Source

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १० मंसिर २०७८, शुक्रबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १० मंसिर २०७८, शुक्रबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १० मंसिर २०७८, शुक्रबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP