गएको असोज ३१ गते देखि परेको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरामा परि पीडित भएका सायल गाउँपालिका–१ का बाढी पहिरा पीडितलाई राहत वितरण गरिएको छ ।
मिसो नेपालको आर्थिक सहयोग तथा कारीतास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका ३० घर परिवारलाई राहत वितरण गरिएको हो ।बाढी पहिराले खेती बगाएको तथा घर बगाएर पीडित भएका परिवारलाई प्रति परिवारलाई ब्लाङ्केट दुई, त्रिपाल एक, ३० किलो मसिनो चामल, पाँच किलो दाल, तीन लिटर खाने तेल तथा एक किलो नुन वितरण गरिएको कारीतास नेपालका अनुगमन मुल्याङ्कन अधिकृत माया बमले जानकारी दिनुभयो ।
बाढी पहिराका कारण खेती योग्य जमिन तथा घर नभएर पीडित भएका परिवारहरुलाई संस्थाले खाद्यान्न लगायत लुगा पडा सहित राहत वितरण गरेपछि पीडितहरु खुसी भएका छन् ।उक्त बाढी पहिराका कारण जिल्लामा १६ जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका छन् । यहाँका अधिकांश बाढी पहिरा पीडितहरूको अहिले सम्म पनि फालमुनि बास भएको छ । बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई सरकारले जनही रु दुई लाखका हिसाबले राहत प्रदान गरेको थियो ।Source
शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...
मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी...