२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

चिनियाँ कामदार नआएपछि नौतले दरबार पुनर्निर्माण काम अवरुद्ध

चिनियाँ कामदार नआएपछि नौतले दरबार पुनर्निर्माण काम अवरुद्ध

मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्नेक्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ ।

पुनःनिर्माणकाक्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनाल २०७६ चैतअघि नै चिनियाँ नयाँवर्ष मनाउन गएका कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको स्वीकार्नुभयो ।

कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको नौतले दरबार पुनःनिर्माणको भौतिक प्रगति अहिले ८५ प्रतिशत रहेको उहाँले सुनाउनुभयो । पछिल्लो समय कोरोना जोखिम कम हुँदै गएपनि नेपाल चीनबीचको उडान नखुलेका कारण कामदार आउन पाएका छैनन् । कामदार आउन नपाए पनि यहाँ गर्न सकिने काम भइरहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

विभागका महानिर्देशक दामोदर गौतम कोरोना सुरु हुनुअघि दातृराष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटोगतिमा भइरहेको बताउनुभयो । समय अझै बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गरी दुई देशबीचको सम्बन्धमा थप प्रगाढता आउने उहाँले सुनाउनुभयो । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रवलीकरण एवं संरक्षणको काम भइरहेको छ ।

करिब १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको छ । दरबार पुननिर्माणका लागि २०७४ साउन ३२ गते शिलान्यास गरिएको थियो । नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्तरूपमा दरबार पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराउनुभएको थियो ।

सम्झौताअनुसार अझै करिब एक वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरसम्म म्याद रहेको नौतले दरबारको काम चिनियाँ कामदार अब आएमा समयमा सकिने विश्वास गरिएको छ । कोरोना जोखिम कम भएसँगै विदेशी पर्यटकसमेत हनुमानढोका दरबार क्षेत्रको अवलोकनमा आउने थालेकाले यस क्षेत्रमा भूकम्पले क्षतिग्रस्त संरचना छिटो पुनःनिर्माण सक्नुपर्ने भएको छ । आगामी तीन वर्षमा वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचना पुनःनिर्माण गरिसक्ने गरी काम अघि बढाइएको दरबार हेरचाह अड्डाले जनाएको छ ।Source

Related News

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
  • ८ मंसिर २०७८, बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य...

औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
  • ८ मंसिर २०७८, बुधबार

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ...

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
  • ८ मंसिर २०७८, बुधबार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे...

TOP