१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

भारतसँगको सिमानामा चीनले तैनाथ गर्‍यो क्रुज मिसाइल जडित बमबर्षक हतियार

भारतसँगको सिमानामा चीनले तैनाथ गर्‍यो क्रुज मिसाइल जडित बमबर्षक हतियार

चीनले भारतसँगको सीमामा बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ । चीन र भारतबीच तनाब बढिरहेका बेला चीनको हवाई फौजले दुई देशलाई छुट्टाउने लाईन अफ कन्ट्रोलमा एच–६के बम्बर तैनाथ गरेको हो । एच– ६के बम्बर पहाडहरुमाथि उडाइएको एउटा भिडियो फुटेज चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।

चीनले यसअघि बम्बरहरुलाई सान्सी प्रान्तमा राखेकाेमा पछिल्लो समयमा भारतसँगको विवाद बढेसँगै सिन्जियाङनजिकको कासगरमा तैनाथ गरेकाे छ । तैनाथ गरिएको स्थानमा चिनियाँ जनमुक्ति सेनाको पश्चिम थियटर कमान्ड पर्छ ।

एच–६के बम्बरमा क्रुज मिसाइलसमेत जडान गरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारतबीचको सम्बन्ध खराब दिशातर्फ बढिरहेको टिप्पणी गरेको केही दिनमै चीनले अत्याधुनिक हतियार तैनाथ गरेको हो ।

विदेशमन्त्री जयशंकरले यसअघि दुई देशबीच भएका सम्झौता उल्लंघन गरेर चीनले एकतर्फी रुपमा सीमामा बस्ती बसालेको आरोप लगाएका थिए । गत जुनमा चीन र भारतका सेनाबीच गालवान उपत्यकामा दोहोरो झडप भएको थियो । झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । झडपमा चार जना चिनियाँ सेना पनि मारिएका थिए ।

सीमा विवाद बढिरहेका बेला चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण यसै साता सार्वजनिक भएको थियो । चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको थियो । सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ।Source

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • ५ मंसिर २०७८, आईतवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ५ मंसिर २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ५ मंसिर २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP