नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन् ।
गत भदौको अन्तिम सता हिन्द टर्मिनलको रेल पहिलोपटक वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएपछि प्रतिस्पर्धा शुरू भएको हो । रेल सेवा सम्झौता संशोधनमार्पmत भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार तोडिएको थियो ।
हिन्द टर्मिनलको रेल नेपालका लागि कन्टेनर बोकेर वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन कोन्करले आप्mनो भाडा दर ३० प्रतिशत घटाएको थियो । प्रतिस्पर्धी कम्पनीलाई प्रभावित पार्ने उद्देश्यले भाडामा ठूलो कटौती गरिएको भन्दै कोन्करको कदमबाट निजी कम्पनीले सेवालाई निरन्तरता दिनेमा आशंका गरिएको थियो ।
हिन्द टर्मिनलले सेवलाई निरन्तरता दिएको सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्यालीले बताएको छ । प्रिस्टाइनका कार्यकारी निर्देशक बी मोहनले अहिलेसम्म हिन्द टर्मिनलले वीरगञ्ज सुक्खा बन्दरगाहमा सातओटा रेल र्याक भित्र्याइसकेको जानकारी दिए ।
‘हिन्द टर्मिनलले ७ ¥याक कन्टेनर ढुवानी गरिसकेको छ । अन्य कम्पनी पनि सेवा दिने अन्तिम तयारीमा छन्,’ मोहनले आर्थिक अभियानसित भने । हिन्द टर्मिनलले अहिलेसम्म ६३० ओटा कन्टेनर वीरगञ्ज बन्दरगाहमा ल्याइसकेको छ ।
प्रिस्टाइन भ्यालीको मुख्य साझेदारका रूपमा रहेको भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूह पनि कन्टेनर ढुवानीको तयारीमा छ ।
शुरूमा कोन्करकै हाराहारीमा ढुवानी भाडा तोकेका अन्य कम्पनीले भाडा घटाएका छन् । तर, २ महीना बितिसक्दा पनि नेपाली आयातमा त्यसको लाभ भने नदेखिएको आयतकर्ताले बताएका छन् ।
सिपिङ कम्पनीले वीरगञ्ज बन्दरगाहसम्म ढुवानी दिने र रेल भाडाको लेनदेन कोन्कर र सिपिङ कम्पनीबीच हुने भएकाले नेपालको वैदेशिक व्यापारमा लाभ नदेखिएको हो ।
सिपिङ कम्पनीले आयातकर्तालाई वीरगञ्जसम्मकै भाडाको बिल दिने गरेका छन् । कोन्करले भाडा घटाए पनि सिपिङ कम्पनीको बिल नघटेको आयातकर्ता प्रदीप केडिया बताउँछन् । ‘कोन्करले भाडा घटाए पनि त्यसको लाभ नेपालको आयातनिर्यात व्यापारले पाएन । सिपिङ कम्पनी र सिपरले फाइदा उठाइरहेका छन्,’ केडियाले भने । कोन्करले आगामी मार्च ३१ सम्मका लागि भाडा घटाएको थियो ।
कोन्करले भारतको कोलकाता र विशाखापत्तनम् दुवै बन्दरगाहबाट हुने कन्टेनर ढुवानीमा भाडा घटाएपछि अन्य प्रतिस्पर्धी कम्पनीले आयातकर्ता आकर्षित गर्न कोलकाताबाट कस्टम प्रक्रियासहित वीरगञ्जसम्म ढुवानी दिने तयारी थालेका छन् । निजी रेल सेवा प्रदायकले कस्टम हाउस एजेन्टको समेत काम गर्न पाउने गरी कोलकाता बन्दरगाह भन्सारलाई आग्रह गरिएको ती कम्पनीका अधिकारीहरूले बताएका छन् ।
यो प्रक्रियामा कोलकातासम्म ल्याइएका कन्टेनरलाई कोलकाता भन्सारको प्रक्रिया पूरा गरेर इलोक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम लगाएर निजी रेल सेवा प्रदायकले वीरगञ्जसम्म पुर्याइदिन्छन् । यसमा भन्सार प्रशासन सहमत भएको र स्वीकृतिको अन्तिम चरणमा रहेको निजी रेल सेवा प्रदायकले बताएका छन् । सीआईएफ वीरगञ्जको सट्टा कोलकातामा कन्टेनर ल्याउँदा आयातकर्ताले प्रतिस्पर्धाको फाईदा लिनसक्ने सम्भावना बढी हुने व्यवसायी ओमप्रकाश मोरको विश्वास छ । रेल ढुवानी सेवामा प्रतिस्पर्धाको लाभ अहिलेसम्म नेपालको वैदेशिक व्यापारले उठाउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् । ढुवानीमा प्रतिस्पर्धाको लाभ उठाउन एओबी प्रणालीमा मालसामान मगाउनुपर्ने टेमानी बताउँछन् ।source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...