९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

रसुवागढी नाकामा यार्ड विस्तारका लागि प्रक्रिया सुरु

रसुवागढी नाकामा यार्ड विस्तारका लागि प्रक्रिया सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड विस्तारका लागि प्रक्रिया सुरु गरिएको छ । कोरोना महामारी सुरुपछि नाकामा निर्माण गरिएको अस्थायी यार्ड साँघुरो भएसँगै यार्ड विस्तारका लागि प्रक्रिया सुरु गरिएको हो ।नेपाल–चीन सिमानाको मितेरी पुलसँगै रहेको यार्ड साँघुरो भएकाले उक्त यार्ड विस्तार तथा सुधारका लागि प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

प्रक्रियाअन्तर्गत यार्ड विस्तार तथा सुधारका लागि प्राविधिक अध्ययनलगायतका विषयमा आवश्यक प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय रसुवाले मंगलबार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनालाई पत्र पठाई आग्रह गरेको छ । सडक योजनाका प्राविधिकले यार्ड विस्तार हुने स्थानको प्राविधिक अध्ययन (स्टमेट) तयार गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए । ‘अबको एक–दुई दिनमा स्टेमेटको काम सकिन्छ, हामीले प्रक्रिया अघि बढाइसकेका छौँ, प्राविधिकहरूले स्टमेट निकाल्छन् अनि हामी स्रोतको व्यवस्थापन गर्छौँ, लगत्तै टेन्डर प्रक्रियामा जान्छौँ, जतिसक्दो छिट्टै यार्ड विस्तारको काम सुरु हुन्छ,’ प्रमुख जिल्ला अधिकारी जैसीले भने ।

०७२ को विनाशकारी भूकम्पसँगै माथिबाट झरेको पहिरोले अहिले यार्ड विस्तार गर्न लागिएको स्थान पुरेको थियो । सोही स्थानमा केही कन्टेनरसमेत पुरिएको छ । सोही स्थान पन्छाउने काम हालसम्म गरिएको थिएन । अब थुप्रिएको माटो पन्छाई ढलान गरी यार्ड निर्माण गर्ने, सुरक्षालाई मध्यनजर राख्दै तारबार लगाउनेलगायतका कार्य गरिने भएको छ । कोरोना महामारीपश्चात् सिमानामा निर्माण गरिएको अस्थायी यार्ड साघुँरो हुँदा समस्या भएको छ । यार्ड विस्तार तथा सुधारका लागि अत्यावश्यक रहेको प्रमुख जिल्ला अधिकारी जैसीले बताए । यार्ड विस्तार गरेसँगै करिब २० वटा गाडी अट्ने उनले बताए ।

चीनले यो नाकाबाट सामानको आयात बढाउने भनेको थियो, तर हालसम्म बढाउन सकेको छैन । यार्ड विस्तार गरिएसँगै रसुवागढी नाकाबाट सामानको आयात बढ्ने नेपाली पक्षले अपेक्षा गरेका छन् । चीनले सामानको आयात बढाउने बताए पनि हालसम्म सामानको आयात बढ्न नसकेपछि गएको शुक्रबार नेपाल सरकारका उच्च अधिकारीले नाकामा देखिएको समस्याहरूबारे स्थलगत अवलोकन गरेका थिए । नाकामा देखिएका समस्याअन्तर्गत यार्ड विस्तार अत्यावश्यक देखिएपछि पछिल्लो समय नेपालका सरकारी अधिकारी नाकामा देखिएका समस्या समाधान गर्न लागिपरेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्षभन्दा बढी भएको छ । कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । ०७६ माघ १५ देखि ०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ नाैवटा कन्टेनरमा सामान आयात भइरहेको छ ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १ मंसिर २०७८, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १ मंसिर २०७८, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १ मंसिर २०७८, बुधबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP