कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ।
यसका लागि निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच आइतबार सम्झौता भएको छ।
प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रुपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माणको आइतबारदेखि सुरु भएको हो।
काठमाडौंको कान्तिपथमा रहेको निर्माण कम्पनी एमएसीजीले रंगशाला निर्माणको ठेक्का लिएको छ। २०८१ वैशाख (३० महिना) भित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
अबको एक साताभित्रै रंगशालाको शिलान्यास गरेर निर्धारित समयभित्रै निर्माणको काम सम्पन्न गर्नेगरी काम अगाडि बढाईने परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले बताए।
रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटबल मैदान बनाईने छ भने आठ लेनको सेन्थेटीक एथलेटिक्स ट्रयाक बनाईनेछ।
१० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिट, भिआइपी प्यारोफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाईन गरिएको छ।
टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिनेछ।
रंगशालाभित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेलहरू खेल्न मिल्ने परिषद्ले जनाएको छ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा गरिएको हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले खेलकुदका पूर्वाधार नभएको कर्णालीमा अन्तर्राष्ट्रियस्तरका खेलकुदका कार्यक्रम गर्नका लागि प्रदेश रंगशाला निर्माणलाई सरकारले गौरवको योजनाका रुपमा समावेश गरेको बताए।
समय अगावै रंगशाला निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई उनले आग्रह गरेका छन्।
रंगशाला निर्माणका क्रममा कर्णाली प्रदेश सरकारका तर्फबाट पूर्ण रुपमा सहयोग रहने प्रतिबद्धता मुख्यमन्त्री शाहीले जनाए।Source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...