नेपालले भारतको खुला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा बिजुली बेच्न पाउने भएको छ । यसअघि भारतले नेपाललाई खुला बजारबाट बिजुली किन्नका लागि मात्र अनुमति दिएको थियो । अहिले आएर भारतले आप्mनो खुला बजारमा विद्युत् बेच्न पनि नेपाललाई अनुमति दिएको हो ।
भारतको ऊर्जा (विद्युत्) मन्त्रालयले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई यस्तो अनुमति दिएको हो । यससँगै अब प्राधिकरणले भारतीय बजारमा प्रतिस्पर्धी दरमा नेपालको बिजुली बेच्न सक्नेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत सरकारबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा विद्युत् बेच्न स्वीकृति पाएको बताए ।
‘अहिलेसम्म भारतमा जेजति विद्युत् निर्यात भएको थियो, त्यो औपचारिक थिएन । बढी भएको विद्युत् प्रदान गरेको मात्र हो । तर, अब औपचारिक रूपमा नै विद्युत् बेच्न पाउने गरी अनुमति पाएको छौं,’ उनले भने, ‘यो नेपाल भारत क्रशबर्डर विद्युत् व्यापारको सन्दर्भमा ऐतिहासिक छ ।’
प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आधारमा उक्त मन्त्रालयले गत वैशाखमा प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको थियो । अहिले आएर आफ्नो खुला बजारमा विद्युत् विक्री गर्न अनुमति दिएको हो । भारतीय खुला बजारमा विद्युत् किनबेचका लागि अनुमति पाउने नेपाल दक्षिण एशियाकै पहिलो मुलुक हो ।
प्राधिकरणले अब भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत विद्युत् विक्री गर्नुपर्ने छ । भारतले नेपालमा विद्युत् आयातनिर्यात गर्न एनभीभीएनलाई मोडेल एजेन्सी तोकेको छ, त्यही निकायमार्पmत नै विद्युत् आयातनिर्यात गर्नुपर्नेछ ।
भारतबाट अनुमति पाएपछि प्राधिकरणले मंगलवार राति १२ बजेबाट नै भारततर्फ विद्युत् निर्यात गर्न शुरू गरेको छ । पहिलो चरणमा प्राधिकरणले ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा बेच्न लागेको हो । ढल्केवर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत उक्त विद्युत् भारततर्फ पठाइएको छ ।
प्राधिकरणकै स्वामित्वका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गरिएको हो । हाललाई सोही आयोजनाको विद्युत्लाई स्रोत मानेर भारतले विद्युत् बेच्न अनुमति दिएको हो । ‘अहिले हामीले यही २ आयोजनाबाट विद्युत् विक्री गर्ने छौं । आगामी दिनमा अन्य आयोजनाहरूको पनि विद्युत् विक्री गर्ने गरी काम गर्नेछौं,’ घिसिङले भने ।
नेपालले ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पनि विद्युत् बेच्ने गरी भारतमा प्रस्ताव गरेको छ । त्यसको अनुमति पनि छिट्टै आउने प्राधिकरणको विश्वास रहेको छ ।
भारतले केही समयअघि क्रशबर्डर विद्युत् व्यापारसम्बन्धी निर्देशिका जारी गर्दै चिनियाँ लगानी भएको आयोजनाको विद्युत् नकिन्ने बताएको छ । सोहीअनुसार प्राधिकरणले विद्युत मात्र विक्री गर्छु भन्न पाउँदैन । कुन आयोजनाको विद्युत् विक्री गर्ने भनेर पनि खुलाउनुपर्नेे छ । त्यसपछि भारतले स्वीकृति दिएपछि मात्रा प्राधिकरणले सम्बद्ध आयोजनालाई स्रोत मानेर विद्युत् भारतमा बेच्न पाउनेछ ।
अब प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्या≈न १२ बजेसम्म खुला बजारमा बेच्ने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । बिडिङका क्रममा तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट विक्री दर तय हुनेछ । त्यसरी तय हुने दरका आधारमा रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् विक्री गरिनेछ ।
यसै सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले यो २ मुलुकबीचको ऊर्जा व्यापारका लागि कोसेढुंगा सावित हुने बताइन् । ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयास यस्तो अनुमति पाएका छौं । अब नेपालमा खपत गरेर बाँकी हुने विद्युत् भारतीय बजारमा बेच्न सकिनेछ,’ उनले भनिन् ।Source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...