१० मंसिर २०७९, शनिबार
November 26, 2022, Saturday

प्रहरी प्रधान कार्यालयले गर्‍यो ९५ जना डिएसपीको सरुवा (विवरणसहित)

प्रहरी प्रधान कार्यालयले गर्‍यो ९५ जना डिएसपीको सरुवा (विवरणसहित)

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। बिहीबार ९५ जना डिएसपीको सरुवा गरिएको हो। समयावधि पुगेका र आवश्यकताका आधारमा डिएसपीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत अंगुर जिसीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा गरेको छ। अख्तियारमा कार्यरत अनन्तराम शर्मा सिंहदरबार सुरक्षा गणमा सरुवा भएका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत अनिलकुमार खड्कालाई प्रदेश नं. २ स्थित प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका अनिलकुमार घिमिरे प्रहरी वृत्त कालीमाटीमा सरुवा भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत अनुपम श्रेष्ठ र कालीमाटी वृत्तमा कार्यरत अपिलराज बोहरालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ। इटहरी प्रहरी कार्यालयमा कार्यरत अर्जुन केसीलाई प्रदेश कार्यालय बनेपामा दरबन्दी तोकिएको छ।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २५ कार्तिक २०७८, बिहीबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २५ कार्तिक २०७८, बिहीबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २५ कार्तिक २०७८, बिहीबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP