व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार गुण्डानाइके समीरमान बस्नेत पक्राउ परेका छन् ।
प्रहरीले गौचन हत्यामा समीरमानको मुख्य संग्लग्नता दाबी गरिरहेको थियो । प्रहरीले पक्राउबारे पुष्टि नगरे पनि केहिबेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ ।
प्रहरीले गाैचन हत्यामा संग्लग्न अन्य दुर्इ जनालार्इ यसअघि नै पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो । लेनदेनको विवादका बस्नेतले गौचनको हत्या गरेको प्रहरीको दाबी छ ।
साभार अनलाइन खबर
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...