१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

प्रचण्ड निवास तथा मन्त्री क्वाटरमा …… देउसी भैलो खेल्दै:अनेमसंघ

प्रचण्ड निवास तथा मन्त्री क्वाटरमा …… देउसी भैलो खेल्दै:अनेमसंघ

काठमाडौं । नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले तिहारको अवसरमा देउसी भैलो खेलेको छ ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड को उपस्थितिमा अखिल नेपाल महिला संघ  (क्रान्तिकारी) फ्याक्सन इन्चार्ज एवं  नेकपा (माओवादी केन्दिय सदस्य  एवं (अनेमसंघ क्रान्तिकारी ) केन्द्रिय  अधक्ष,  अखिल नेपाल क्रान्तिकारी महिला संघहरुले देउसी भैलो कार्यक्रम भव्य तरिकाले खेल्दै ,तिहारको शुभकामना दिदै नेपालको इतिहासमा  जनताको   बलिदान, संघषका कुरा   गणतन्त्र, सविधान , समानुपातिक , अधिकार , व्यवस्था सम्बन्धि कुराहरु समाबेश गर्दै नेपालीको महान चाड  तिहारको  अवसरमा  शुभकामना व्यक्त गरेका छन् ।

प्रचण्ड निवासका साथै  खुमलटार स्थित मन्त्रि क्वाटरमा  ,  माननीय  गृह मन्त्री  बालकृष्ण खाँण, माननीय अर्थमन्त्रि मन्त्री जनार्दन शर्मा  , माननीय स्वस्थ्य  मन्त्री विरोध खतिवडा , माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादव  लगायत  माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ज्युहरु मा नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसी भैलो कार्यक्रम  अखिल नेपाल महिला संघ  (क्रान्तिकारी) फ्याक्सन इन्चार्ज एवं  नेकपा (माओवादी केन्दिय सदस्य पुर्व मन्त्रि उर्मिला अर्याल ,नेकपा (माओवादी केन्दिय सदस्य एवं ( अनेमसंघ क्रान्तिकारी )केन्द्रिय अधक्ष माननीय अमृता थापा, नेकपा (माओवादी केन्द्रको  केन्दिय सदस्य एवं अनेमसंघ क्रान्तिकारी का उपाध्क्ष दामा शर्मा,  केन्दिय उपाद्क्ष पार्वती थापा , महिला केन्दिय उपाद्क्ष तथा सदस्य  विमला सुबेदी , ( अनेमसंघ क्रान्तिकारी काठमाडौँ  जिल्लाका इन्चार्ज सुशिला पौडेल  लगायत नेपाल कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका केन्द्रिय सदस्य  , अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य   कलाकार संघका केन्दिय अध्यक्ष , जनसांस्कृतिक  महासंघका केन्दिय उपाध्क्ष , सहिद परिवार सहित  उपस्थितिमा देउसि भैलो संपन्न हुदै  सम्पूर्ण कमरेड हरु लाई हार्दिक बधाई तथा कार्यकाल सफलता संगै शुभदिपावली २०७८ सालको देउसी भैलो खेल्दै  रमाएका छन्।

त्यस क्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक-सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

नेपालीको महान चाड तिहार अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्दै भैली खेलेका हुन् |

सांस्कृतिक संस्थानले नेपालको लोक-संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै आज प्रस्तुत देउसी भैलोका लागि सबै कलाकारलाई मन्त्रीहरुले धन्यवाद दिएका छन् ।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १९ कार्तिक २०७८, शुक्रबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १९ कार्तिक २०७८, शुक्रबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • १९ कार्तिक २०७८, शुक्रबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP