१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन

माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन

न्यायको लागि शान्तीपूर्ण आवाज तथा दिप प्रज्वलन आज साझ माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन गरीएको छ । गत २०७८ बैशाख ४ गते नुभिवको सब बिहान ६ः४५ मा पोखरा स्थीत ताल वाराही मन्दिर अगाडी तैरिरहेको अवस्थामा फेला परेको भनी मृतककी आमा भिमा मैनाली उप्रेती लाई करिव ७ बजे पोखरा प्रहरीले फोन मार्फत जानकारी गरे राती सम्म घर नआएपछी यसरी कहिल्यै बिना खवर घर बाहीर नगएकाले परीवारले जावालाखेल प्रहरी मार्फत हुलिया टिपाई ऊनी हराएको जानकारी गराएका थिए । निकै ठूलो सम्भावना बोकेका बिभिन्न टेलिचलचित्रमा बाल कलाकारका रुपमा समेत अब्बल भुमिका निर्वाह गरेका तथा गायन,लेखन र बाध्यबाधनमा निकै राम्रो दख्खल भएका नुभिव बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय थिए ऊनले भुकम्पका समयमा समेत युवाहरुका लागि सचेतना मुलक काममा सक्रिय रही हालको कोभिड १९ को माहामारीमा पनि आफू जस्तै युवाहरुका लागि आवाज दिदै आएका थिए, रेडीयो, टेलिकाष्ट र गित संगितबाट आवाज दिने तथा योग ध्यानका कक्षा संचालन गर्दै आएका ऊनले आरम्भ नेपाल तथा युवा जस्ता सामाजिक संस्था मार्फत आफूजस्ता युवालाई सचेत गराऊन सक्रिय थिए । सानो उमेरमा समाजिकीकरण भै सकेका सक्रिय एक युवक यसरी उदाऊनै नपाई रहस्यमय तरिकाले हत्या हुनुले सतमाजमा मानवता हराएको हो त ? भन्ने आशंका पलाएको छ । पहिले प्रहरीले अत्महत्या भनी लुकाएको यो घटनामा हाल पोखराको लेकसाइर्ड स्थीत सडकहरुमा पटक पटक दागाँधर्दै लखेटी लखेटी मरन्नासन्न गरी कुटेको सि.सि. टी.भी. फुटेज प्रहरीले अनुसन्धानको क्रममा पुनर जाहेरी पश्चात् प्रहरीले भेटेपछी हाल घटनामा संलग्न ३ जनालाई पुरपक्षका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले थुनामा राखेको छ तर सि.सि.टि.भि.मै देखिएका अन्य शंकास्पद् व्यक्तिलाई खोज्न तथा तथा मृतकको लास जाचँ मुचुल्का गरीसकेपछी पनि मृतकको फोनबाट फोन गर्ने व्यक्ति र ऊनले प्रयोग गरेकोे फोन सेट तथा ऊनले बिल तिरेको पोखरा स्थीत ट्रेजर लाउन्ज सि.सि.टि.भि.फुटेज लुकाईनु तथा लेकसाईड स्थित मृतक संलग्न बिभिन्न ठाऊँमा सि.सि.टि.भि. जडान भएका ठाँऊबाट स्पष्ट रुपमा प्रहरी समेत प्रत्यक्षदर्शी हुदा हुदै एक भविश्यका कर्णधार,एक कुशल युवा कलाकारको रहस्यमय हत्या भएकाले सोह्र श्राद्धको पञ्चमी तिथि पारी कलाकार संघका अध्यक्ष श्री रविन्द्र खड्का,उपाध्यक्ष श्री मोहन निरौला, कलाकार तथा समाजसेवी विश्व वस्नेत,कलाकार अभय बराल, ममता ,लेखक कलाकार जयाँ ओझा,भक्त पोखरेल,रुपेन्द्र शिवाकोटी,यादव अधिकारी समाजसेवी गोमा खनाल तथा समाजसेवी तथा चलचित्रकर्मी सरिता राजोपाध्याय,शिक्षकहरु,पत्रकारहरु,व्यवसायी,मृतकका परिवारहरु,साथीहरु तथा बिभिन्न पेशा व्यवसायीहरुको सक्रियतामा शान्तीपूर्ण आन्दोलन तथा मृतकको आत्माको चिर शान्तीका लागि दिप प्रज्वलन गरीएको थियो ।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ९ आश्विन २०७८, शनिबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ९ आश्विन २०७८, शनिबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
  • ९ आश्विन २०७८, शनिबार

 भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल...

TOP