१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

एकीकृत रामारोशन विकास समाज-नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

एकीकृत रामारोशन विकास समाज-नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

“आफ्नो गाउँ र ठाउँको माया गरौँ ! कला, संस्कृति, परम्पराको जगेर्ना र सम्बर्द्धन को लागि अगाडि बढौँ !!”
भन्ने नाराको साथ एकीकृत रामारोशन विकास समाज-नेपालको प्रथम वार्षिक साधारण सभा काठमाडौको कोटेश्वर मा भव्यरुपमा सम्पन्न भएको छ । काठमाडौ कोटेश्वर स्थीत होटेल त्रिमूर्ती मा मिती २०७६ साल फागुन १७ गते शनिवारका दिन समाजका कार्यवाहक अध्यक्ष श्री खडक बहादुर साउदको अध्यक्षतामा सम्पन्न साधारण सभाका प्रमुख अथिती राजनितीकर्मी तथा समाजसेवी दिपक साउद “तरंग” रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी साउदले समाजले महत्वपूर्ण कार्य गर्नको लागि शुभकामना दिनुहुदै आफुले समाजको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । रामारोशन गाउँपालीकामा घर भई हाल काठमाडौ मा विभिन्न पेशा व्यवसायमा आवद्ध महानुभावहरुलाई सामाजिक तथा सांस्कृतीक रुपमा समेट्ने उदेश्यले स्थापीत समाजको उक्त साधारण सभाले मान बहादुर साउदको अध्यक्षतामा १३ सदस्यीय कार्यसमीती चयन गरेको छ ।
•अध्यक्ष: मान ब. साउद (शान्तडा)
•उपाध्यक्ष: दुर्गा भण्डारी (बाटुलासैन)
•सचिव: रुपेश साउद (रामारोशन)
•सह-सचिव: दान ब.साउद (भाटाकाटियाँ, पुदु सेरा)
•कोषाध्यक्ष: मीन ब.भण्डारी (सूतार)
•सदस्यहरु:
खडक ब. साउद (शान्तडा, पसेला)
कम्मान सीं साउद (रामारोशन, नेटाकोट)
दुर्गा प्रसाद तिमिल्सीना (शान्तडा, बाहुनबाडा)
विकास साउद (भाटाकाटिया, नाईतोला)
एल. बी. विश्वकर्मा (रामारोशन, नेटाकोट)
कृपाराम खनाल (मलातीकोट)
अर्जुन रावल (चाफामाण्डौ)
केशर विष्ट (बाटुलासैन)

साथै उक्त सभाले निम्न लिखित उपसमीतीहरु गठन गर्ने निर्णय गरेको छ ।
सूचना तथा प्रबिधी: संयोजक चक्र बहादुर साउद “आर सी” (भटाकाटियाँ, परिवन)
•महिला : संयोजक प्रीती साउद (भटाकाटियाँ, राख्नी)
•यूवा तथा विद्यार्थी : पदम भण्डारी (सूतार)
•खेलकुद तथा प्रबिधि: संयोजक दिनेश साउद (भटाकाटियाँ, गाँखेत)
•स्वास्थ्य: संयोजक राजेन्द्र साउद (शान्तडा, पसेला)

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १७ फाल्गुन २०७६, शनिबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १७ फाल्गुन २०७६, शनिबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
  • १७ फाल्गुन २०७६, शनिबार

 भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल...

TOP