२ जेष्ठ २०७९, सोमबार
May 16, 2022, Monday

तेर्हौ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता पाँच इलामे खेलाडीहरूलाई लाई विशेष सम्मान

तेर्हौ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता पाँच इलामे खेलाडीहरूलाई लाई विशेष सम्मान

Source: Brtnepal तेर्हौ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता पाँच इलामे खेलाडीहरूलाई इलाम विकास समाज, काठमाडौँले भव्य समारोहका बिच सम्मानित गरेको छ । सम्मान पाउने खेलाडीमा इलाम सन्दकपुर गाउँपालिकाका छिरिङ गुरुङ, देउमाई नगरपालिकाकी जुनी राई, सूर्योदयकी अन्जिला तुम्बापो सुब्बा, इलामका विजय बुर्जा र माङसेबुङ गाउँपालिकाकी विनीता बुढाथोकी छन् । गुरुङले फुटबलमा स्वर्ण, राईले उसुमा स्वर्ण, सुब्बाले फुटबलमा रजत, बुढाथोकीले बिच भलिबल र बुर्जाले बास्केटबलमा कांस्य पदक जितेका थिए ।

इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो समारोहको प्रमुख अतिथि संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ रहनु भएको थियो । सो समारोहमा पूर्व मन्त्री जितु गौतम, मा. अगम बान्तवा, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, एन्फाका केन्द्रीय सदस्य निरोज खड्की र समाजसेवी डम्बर खड्का अतिथिका रूपमा रहनु भएको थियो । समारोहमा प्रमुख अतिथि नेम्वाङले विजयी खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै विभिन्न रोचक प्रसङ्गहरू उल्लेख गर्नु भएको थियो । इलामे खेलाडीहरूले विभिन्न खेल पनि खेल्दा रहेछन् भन्ने स्थापित गरिदिएको पूर्व सभामुख नेम्बाङले बताउनु भयो ।

‘उहाँहरूले हाम्रो शिर ठाडो बनाइदिनुभएको छ । हाम्रो सम्मान बढाइदिनुभएको छ‘ भन्नु हुँदै अप्ठेराहरूका बाबजुद देशकै शिर ठाडो पारिदिनुभएको छ ।’ सागमा तीन दिनसम्म भारतको ‘बोल्ती बन्द’ भएको पनि उल्लेख गर्नु भयो । नेम्वाङले ‘तेस्रो दिनपछि जब मेडलमा नेपाल पछाडि पर्‍यो भारतको दबदबा कायम छ भन्न थाल्यो’, ,उल्लेख गर्दै ‘त्यो हिसाबमा हामीले मेडलहरू ल्यायौँ ।’ बताउनु भएको थियो । कार्यक्रममा सम्मानित खेलाडीहरूलाई सम्मान पत्रसहित नगदले सम्मान गरिएको थियो । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः २५ हजार, २० हजार र १५ हजार हस्तान्तरण गरिएको थियो।

समारोहमा अतिथि बान्तवाले मन्तव्य राख्दै विजयी खेलाडीहरूका कारण इलाम र सिङ्गो देशको इज्जत र प्रतिष्ठा बढेको बताउनु भयो । यसै गरी उसु खेलाडी राईले जिल्लाका तर्फबाट गरिएको सम्मानले विशेष महत्त्व राख्ने बताइन् । यसले खेलाडीको आत्मबल बढाएको उल्लेख गर्दै उनले खेल क्षेत्रलाई करिअर बनाउन चाहनेलाई प्रोत्साहन गर्ने बताउनु भयो । यसै गरी कार्यक्रम प्रायोजक एवं समाजसेवी खड्काले इलामका गाउँबाट आएर पदक जित्ने खेलाडीहरूप्रति गौरव महसुस भएको बताउनु भएको थियो । यसै गरी “चियालगायत कृषिमा चिनिएको इलामको पहिचान खेलमा पनि स्थापित भएको” अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गीले बताउनु भएको थियो । इलाम विकास समाजका महासचिवले सञ्चालन गर्नु भएको सो समारोहमा सचिव अर्जुन भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Related News

मतदाता फकाउन कांग्रेस उम्मेदवारले बाँड्न लागेकाे खानेपानी पाईप स्थानीयले रोके
मतदाता फकाउन कांग्रेस उम्मेदवारले बाँड्न लागेकाे खानेपानी पाईप स्थानीयले रोके
  • २ पुष २०७६, बुधबार

 स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...

मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
  • २ पुष २०७६, बुधबार

पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...

‘हास तिमी’मा सृजना र सन्तोषको अभिनय
‘हास तिमी’मा सृजना र सन्तोषको अभिनय
  • २ पुष २०७६, बुधबार

गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार गीता गिरीको शब्द सृजना रहेको...

TOP