१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

कसले जित्ला गोल्डेन बुट ?

कसले जित्ला गोल्डेन बुट ?

फिफा विश्वकपमा कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको अवार्ड दिने गरिएको छ। यो अवार्डका लागि विश्वभरका स्टार खेलाडीबीच कडा टक्कर हुने गरेको छ । रसियामा जारी विश्वकपमा यस्तै केही चर्चित खेलाडी छन्, जो आफ्नो टिमलाई जितका साथसाथ यस अवार्डलाई आफ्नो नाममा पार्न पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

गोल्डेन बुटको दौडमा को कति अगाडि ?

१. ह्यारी केन (इङ्ल्यान्ड)-५ गोल

इङ्ल्यान्डका कप्तान ह्यारी केन यस समय उत्कृष्ट फर्ममा देखिएका छन् । टोटनह्यामबाट व्यवासयिक फुटबल खेल्दै आएका उनले पनामाविरुद्ध आइतवार ह्याट्रिक गरे । यो ह्याट्रिकसँगै यस विश्वकपमा उनले आफ्नो गोल स‌ंख्या ५ बनाएका छन् । यसभन्दा अघि उनले समूह चरणको पहिलो खेलमा ट्यूनिशियाविरुद्ध दुई गोल गरेका थिए ।

केन यस प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । यसका अलावा उनी यस विश्वकपमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भएका छन् । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यो विश्वकपमा पहिलो ह्याट्रिक गरेका थिए ।

२. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)-४ गोल

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि फिफा विश्वकप २०१८ मा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा अहिले दोस्रो नम्बरमा छन् । उनको नाममा चार गोल रहेको छ।

यसमा स्पेनविरुद्ध उनले गरेको यो विश्वकपको पहिलो ह्याट्रिक पनि सामेल छ । रोनाल्डो एक्लैको बलमा पोर्चुगल आफ्नो पहिलो खेलमा स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो । यसका अलावा रोनाल्डोलले मोरक्कोविरुद्ध पनि एक गोल गरेर टिमलाई जिताएका थिए ।

३. रोमेलु लुकाकु (बेल्जियम)- ४ गोल

बेल्जियमका युवा स्ट्राइकर रोमेलु लुकाकूको नाममा यस विश्वकप प्रतियोगितामा ४ गोल रहेको छ । यसमा पनामाविरुद्धको २ र ट्युनिशियाविरुद्धको दुई गोल पनि सामेल छ। उत्कृष्ट लयमा देखिएका यी फुटबलर गोल्डेन बुट अवार्डका लागि बलियो दाबेदारी पेश गर्दैछन् ।

४. डेनिस चेरिसेभ(रूस)- ३ गोल

रूसका एट्याकिङ मिड फिल्डर डेनिस चेरिसेभले यस विश्वकपमा ३ गोल गरेका छन् । उनी अहिले फिफा विश्वकप २०१८ मा सबैभन्दा धेरै गोल गर्ने फुटबलरको सूचीमा चौथो नम्बरमा छन् । चेरिसेभले उद्घाटन खेलमा रूसलाई साउदी अरबविरुद्ध ५-० ले जिताउन अहम् भूमिका खेले । यो विश्वकपको इतिहासमा रूसको दोस्रो ठुलो जित हव । डेनिस चेरिसेभलले साउदी अरबविरुद्ध दुई र इजिप्टविरुद्ध एक गोल गरेका थिए ।

५ डिएगो कोस्टा (स्पेन)-३ गोल

स्पेनका स्टार फुटबलर डिएगो कोस्टाले यस विश्वकपमा३ गोल गरिसकेका छन् । पोर्चुगलविरुद्ध यी स्ट्राइकरले दुई गोल हानेका थिए । त्यसैगरी इरानविरुद्ध एक गोल गरे । उनलाई यो विश्वकपमा गोल्डेन बुटको दौडमा प्रबल दावेदार हुन सक्छन् ।

Annapurnapost

Related News

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
  • ११ असार २०७५, सोमबार

सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध...

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
  • ११ असार २०७५, सोमबार

चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान...

मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
  • ११ असार २०७५, सोमबार

सुदूरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा तेस्रो जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।...

TOP