१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

सिन्डिकेट हटाउने रुपनारायणलाई कारबाही

सिन्डिकेट हटाउने रुपनारायणलाई कारबाही

सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई असहयोग गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन् ।

सिन्डिकेटावाला यातायात व्यवसायीहरुसँग सुरुबाटै लचिलो बन्दै आएका महासेठले शुक्रबारबाट लागू हुने गरी विशेष कामका लागि भन्दै भट्टराईलाई मन्त्रालय तानेका हुन् ।

मन्त्रालयले पठाएको पत्र महानिर्देशक भट्टराईले शुक्रबारै प्राप्त गरेका छन् । देशभरमा रहेको यातायात व्यवसायीको चर्को सिन्डिकेट हटाउन

निर्णायक भूमिका खेलेका भट्टराईको कामप्रति असन्तुष्ट रहेका मन्त्री महासेठ व्यवसायीको दबाबमा मन्त्रालय तानेका हुन् ।

मन्त्रालय जान्न

मन्त्रायबाट पठाइएको पत्र पाएको जनाउँदै करिब एक वर्षअघि विभागमा आएका भट्टराईले आफू तत्काल मन्त्रालय हाजिर हुन नजाने बताए ।

गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट हटाउन कडा कदम चालेपछि कार्यान्वयनका जिम्मेवारी पाएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईकै पहलमा समिति र संघहरु कम्पनीमा आउन बाध्य भएका थिए ।

‘मलाई मन्त्रालय तानिने कुरा सुनेको थिएँ, तर आज पत्र पनि आयो’, भट्टराईले भने, ‘तर म अब केही साता विदामा बस्ने तयारीमा छु, मैले अन्य कामको पनि तयारी थालेको छु ।’

विशेष कामले तानेँः मन्त्री

उता मन्त्री महासेठले उनलाई विशेष कामले मन्त्रालय तानिएको दाबी गरे । ‘विशेष काम र भूमिकाका लागि कर्मचारीलाई मन्त्रालयमा तान्न पाइन्छ’, महासेठले भने, ‘भट्टराईलाई पनि विशेष कामले तानेको हुँ ।’

Annapurnapost

Related News

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
  • ४ जेष्ठ २०७५, शुक्रबार

सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध...

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
  • ४ जेष्ठ २०७५, शुक्रबार

चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान...

मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
  • ४ जेष्ठ २०७५, शुक्रबार

सुदूरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा तेस्रो जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।...

TOP