भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनाँै सम्पदाको पुनःनिर्माण शुरु हुन सकेको छैन ।
पुनःनिर्माण शुरु भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको काम पनि सुस्त गतिमा भइरहेको छ । सम्पदा पुनःनिर्माण नहुँदा विदेशी पर्यटक आउन कम भएको पर्यटन व्यवसायीको भनाइ छ ।
बीस वर्षदेखि हनुमानढोका दरबार क्षेत्रमा पर्यटकका लागि रिक्सा चलाउँदै आउनुभएका धादिङका विशाल लामा भूकम्पको दुई वर्षसम्म पर्यटक न्यून आएकामा विसं २०७४ पछि केही बढ्न थालेको बताउनुहुन्छ ।
वसन्तपुर दरबार क्षेत्रका मजु देग, जोशी परिवारको गुठीका रुपमा रहेको नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिरको पुनःनिर्माणको पत्तो छैन । नौ खुड्किला र तीन तलाको मजु देगलगायत मन्दिरमा जाने ढोकामा ताला लगाएर राखिएको छ । पुनःनिर्माणको सुरसार छैन । लक्ष्मीनारायण मन्दिर अघिल्तिरको महादेव मन्दिर अझै टेको लगाएर राखिएको छ ।
स्थानीय रामशंकर श्रेष्ठ गद्दी बैठकको काममा खटिएका कामदार चार दिन काम गरेपछि हप्तौँ बेपत्ता हुने गरेको सुनाउँनुहुन्छ । यस किसिमले पुनःनिर्माणमा वर्षौँ लाग्ने र पुरातात्विक, सांस्कृतिक एवं मौलिक हिसाबले महत्वपूर्ण सम्पदाको अस्तित्व संकटमा पर्ने उहाँको चिन्ता छ ।
वसन्तपुर दरबार क्षेत्रको प्रमुख सम्पदा काष्ठमण्डपको पुनःनिर्माण पनि हुनसकेको छैन । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले मंगलबार भेला आयोजना गरे । भेलाले काष्ठमण्डप पुनःनिर्माण गर्न भन्दै प्रदेशसभा सदस्य राजेश शाक्यको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरेको छ ।
गत वर्ष वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माणका गर्न त्रिपक्षीय सम्झौता भएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानकाबीच भएको सम्झौता तीन महिनामै भंग गरी महानगरपालिकालाई जिम्मेवारी दिइएको थियो । महानगरले अहिलेसम्म काम शुरु गर्नसकेको छैन ।
पुरातत्व विभाग प्राविधिक शाखा प्रमुख सम्पत् घिमिरे हनुमानढोका दरबार क्षेत्रका दुईवटा सम्पदा विभागले पुनःनिर्माण गरिरहेको बताउनहुन्छ । विभागले पुनःनिर्माण गरिरहेका सम्पदामा दशावतार र छ्यासिङ देगु छन् । गद्दी बैठक र नौतले दरबारबीचको भवन पनि विभागले पुनःनिर्माण गर्ने उहाँले बताउनुभयो ।
महानगरपालिकाले काष्ठमण्डप, नगरा र मजुदेग पुनःनिर्माण गर्ने सहमति भएको छ । महानगरपालिकाले अहिलेसम्म काम शुरु गर्नसकेको छैन । काठमाडौँ उपत्यका सम्पदा संरक्षण ट्रष्टले कागेश्वरीको पुनःनिर्माण सम्पन्न गरेको छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले गोपीनाथ र जगन्नाथ मन्दिरको जीर्णोद्धार गर्नेछ ।
नौतले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको छ । यसको काम ६० प्रतिशत सम्पन्न भएको विभागले जनाएको छ । अमेरिकी सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको गद्दी बैठकको पुनःनिर्माण ८० प्रतिशत सम्पन्न भएको छ ।
केही सम्पदा पुनःनिर्माण भए पनि काम सुस्त रहेको स्थानीयवासीको गुनासो छ । धेरै सम्पदा भने अझै पुनःनिर्माण शुरु हुनसकेको छैन । काष्ठमण्डपलगायत महत्वपूर्ण सम्पदा भने अझै पुनःनिर्माण शुरु हुनसकेको छैन ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...