१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

रानीपोखरी पुनःनिर्माणबारे सुझाव आह्वान

रानीपोखरी पुनःनिर्माणबारे सुझाव आह्वान

काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ ।सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्नेछन् ।

सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आफूलाई लागेको कुरा सुझावका रुपमा दिन सक्नेछन् । देशविदेशका धेरै ठाउँको जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको थियो । विवाद समाधान गर्न बिहीबार पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गरिएको छ ।

विज्ञ समूहको सोमबार बसेको पहिलो बैठकले सर्वसाधारणसँग पनि सुझाव लिने निर्णय गरेको थियो । सुझावका आधारमा पोखरीको उत्खनन पनि गरिने छ । रानीपोखरी पुनःनिर्माणका लागि गत बिहीबार प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय पनि भइसकेको छ । विसं २०७२ को भूकम्पले तीन वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त पोखरी पुनःनिर्माण मा कङ्क्रिट प्रयोग गरिएको जनाउँदै सम्पदाविद् र सर्वसाधारणले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन ।

 

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १८ पुष २०७४, मंगलवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १८ पुष २०७४, मंगलवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
  • १८ पुष २०७४, मंगलवार

 भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल...

TOP