१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

रानीपोखरी पुनर्निर्माण स्थगित

रानीपोखरी पुनर्निर्माण स्थगित

काठमाडौं महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको छ । साथै प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर बनाइने भएको छ ।
महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समाग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको छ ।

यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना छन् ।

विशेषज्ञ समितिको प्रतिवेदन आएर अर्को निर्णय नभएसम्म पुनर्निर्माणको काम रोक्ने निर्णय भएको मेयर विद्यासुन्दर शाक्यले बताए ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए ।

पछिल्लो पटक उपमेयर हरिप्रभा खड्गीकै उपस्थितिमा उनीहरुले ताला समेत लगाएका थिए । तर, मेयर शाक्यले ताला तोडेपछि विवाद उत्कृर्षमा पुगेको थियो ।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १३ पुष २०७४, बिहीबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १३ पुष २०७४, बिहीबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
  • १३ पुष २०७४, बिहीबार

 भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल...

TOP