इलाम,। देउमाइ नगरपालिका–६ फुटुकमा आगलागी हुँदा ३९ लाख बढीको क्षति भएको छ । स्थानिय डेविड साउदेनको घरमा विद्युत सर्ट भइ आगलागी हुँदा अन्दाजी ३९ लाख ६० हजार बरावरको क्षति भएको प्रहरी जनाएको छ । घरमा कोही नभएको अवस्थामा ११: १५ बजेको समयमा भएको आगालागीबाट साउदेनको टिनको छानो भएको २ तले घर र पसल जल्नु साथ सोही घरमा डेरा गरी बस्ने देवी नेपालको पसल समेत पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
आगालागीबाट साउदेनको अन्दाजी ३० लाख र नेपालको ९ लाख ६० हजार बढी क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगालागी अपराहन्न १२ : १५ बजे स्थानिय र प्रहरीको सहायताबाट नियन्त्रणमा आएको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले जानकारी दिए । आगलागी भएको स्थान इलाका प्रहरी कार्यालय मंगलबारेबाट १५ किलोमिटर पुर्व दक्षिणमा रहेको छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...