युथ भिजन ग्रुपको आयोजनामा बिगत ४ महिना देखि निरन्तररुपमा संचालित राष्ट्रिय खुला बक्तृत्वकला प्रतियोगिताको फाइनल राउण्डको नतिजा सार्वजानिक भएको छ । १२६ जनाको अडिसन राउण्डबाट उत्कृष्ट २७ जना बक्ता छनौट गरिएको यस प्रतियोगिताका ताज पहिरिन सफल हुनुभएको छ सम्झना खनाल, त्यस्तै गरी फस्ट रनर अपमा प्रनभ काफ्ले र सेकेन्ड रनर अप चेतराम बजाज बन्न सफल हुनभएको छ । मुख्य प्रायोजन अमेजमान ग्रुपको रहेको थियो भने सहप्रायोजन एन एम बी बैँक ले गरेको थियो । कार्यक्रमलाई सफल पार्न एक दर्जन भन्दा बढी संघ संस्था तथा कम्पनीको सहयोग रहेको थियो । प्रथमले रु २५,००० तथा ट्रपी, फस्ट रनर अपले रु १५,००० तथा ट्रफी तथा सेकेन्ड रनर अपले रु १०,००० तथा ट्रफी प्राप्त गरेका छन् । बिजयी प्रतियोगीलाई अमेजमानको तर्फबाट अध्यक्ष सुनिल खड्का, एनएमबी बैँकको तर्फबाट गणेश पराजुली तथा युथ भिजन ग्रुपको तर्फबाट छवि शर्माले सम्मान गर्नुभएको थियो ।
फाइनल राउण्डमा जजहरु एन एम बी बैँक का गणेश पराजुली, नयाँ शक्ति पार्टीका मानुसी यमी भट्टराई तथा मिडियाकर्मी छबी शर्मा रहनु भएको थियो भने कार्यक्रमको संयोजन तथा संचालन श्रद्धा सुवेदीले गर्नूभएको थियो ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...