१४ मंसिर २०७८, मंगलवार
November 30, 2021, Tuesday

तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​

तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​

काठमाडौ – नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को दोस्रो महाधिवेसन काठमाडौमा सम्पन्न भ​एको छ र अच्युत नेपालको नेतृत्वमा ३१ जनाको नयाँ कार्यसमिति चयन भ​एको छ​। गत बैशाख ९ गते हुने भनेको दोस्रो महाधिवेसन कोभिड-१९ का कारण स्थगित गरिएको थियो। लकडाउन खुकुलो भ​एसङै महासंघको महाधिवेसन बिधिवत सम्पन्न भ​एको हो।

आगामि महासंघको नेतृत्व कस्ले गर्ने भन्ने कुराको अधिकतम सहमति गराउन निवर्तमान अध्यक्ष चन्द्र साउदले भरपुर कोसिस गरे ता पनि पदाधिकारी बिच पदिय तथा जिम्मेवारि बाँटफाँटको कुरामा सहमति हुन सकेन फलस्वरुप नेतृत्व आकांक्षीहरु दुई प्यानलमा बाँडिएका थिए । एकातिर लामो समयसम्म संस्थाको महासचिव​ पदमा रहि काम गरेका र प्रदेश अध्यक्षहरुको बलियो साथ पाएका अच्युत प्रसाद नेपालको समुह थियो भने अर्को तिर राजनितिक पृष्टभुमि बलियो र आर्थिक स्थितिमा पनि बलियो भ​एका सरोज कुमार उपाध्यायको समुह बिच प्रतिस्प्रर्धा हुने निश्चित भ​एता पनि अन्तिममा आएर सरोज कुमार उपाध्याय समुह चुनावी मैदानबाट पछि हटेको थियो।

नयाँ कार्यसमिति यस प्रकार रहेको छ​-
१- अच्युत प्रसाद नेपाल – अध्यक्ष​
२- चन्द्र साउद – निवर्तमान अध्यक्ष​
३- प्रमोद बाँनिया – बरिष्ट उपाध्यक्ष​
४- भरत तिमिल्सिना – उपाध्यक्ष
५- लोक बहादुर बोहरा – उपाध्यक्ष
६- छत्र बहादुर बम – महासचिव​
७- नारायण प्रसाद अदिकारि – सचिव​
८- लक्ष्मी शर्मा – कोषाध्यक्ष
९- दिपक राजभाट – सदस्य
१०- शुष्मा रावल – सदस्य
११- सुमन पौडेल – सदस्य
१२- भिम पौडेल​ – सदस्य
१३- इन्दु आचार्य​ – सदस्य
१४- यज्ञ राज पाण्डे – सदस्य
१५- राजन के सि खत्रि – सदस्य
१६- हिरा बहादुर महर्जन​ – सदस्य
१७- रोजेल जि पुन​ – सदस्य
१८- प्रेम ब पुन​ – सदस्य
१९- भिम भुजेल​ – सदस्य
२०- विजय श्रीवास्तव​ – सदस्य
२१- मान बहादुर साउद​ – सदस्य
२२- सिपि शर्मा नेपाल​ – सदस्य
२४- राम रतन यादव​ – सदस्य
२५- कष्ण शाह -पदेन सदस्य (प्रदेश न.१. अध्यक्ष​)
२६- राकेश शाह -पदेन सदस्य (प्रदेश न.२. अध्यक्ष​)
२७- बद्रि प्रसाद दाहाल -पदेन सदस्य (प्रदेश न.३. अध्यक्ष​)
२८- कैलाश कुमार रञित -पदेन सदस्य (प्रदेश न.४. अध्यक्ष​)
२९- सतिष कुमार अधिकारी -पदेन सदस्य (प्रदेश न.५. अध्यक्ष​)
३०- उपेन्द्र शाहि -पदेन सदस्य (प्रदेश न.६. अध्यक्ष​)
३१- प्रमोद पाठक -पदेन सदस्य (प्रदेश न.७. अध्यक्ष​)

“सिप र दक्षता-आजको आवस्यकता” मुख्य नारा र सम्पुर्ण नेपालीहरुलाई Skilling, Re-Skilling र Up-Skilling उद्देस्यका साथ चुनावी मैदानमै होमिएको अच्युत नेपाल सुमह विजय भ​ए सङै अन्तत​; अब तिन बर्ष महासंघको नेतृत्व गर्नेछ​। कोभिड-१९ का कारण बढ्दो बेरोजगारी ब्यबस्थापन र आम युवा-युवतीहरुलाई व्यावसायिक तालिम​, ट्रेनिङ​, प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गरि उनिहरुको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समुचित व्यबस्थापन गर्नै पर्ने ठुलो चुनौतिको चाङ नेपाल समुह सामु रहेको छ​।

बागमती प्रदेशमा बद्रि प्रसाद दाहाल अध्यक्ष​

नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को बागमती प्रदेशको अध्यक्षमा बद्रि प्रसाद दाहाल चयन भ​एका छन​। दाहाला काठमाडौको बागबजार स्थित सि.टि.एफ. नामक सस्थाका संचालक समेत हुन​।

Related News

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम
  • २६ भाद्र २०७८, शनिबार

देशभर १५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ९१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५४ तथा एन्टिजेन...

पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ
पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ
  • २६ भाद्र २०७८, शनिबार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल–कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरूसँग छलफल गरे । शुक्रबार काठमाडौंमा भएको छलफलमा...

जनगणनाको तथ्यांक प्रशोधन पुसदेखि : जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान
जनगणनाको तथ्यांक प्रशोधन पुसदेखि : जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान
  • २६ भाद्र २०७८, शनिबार

राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य सकिएसँगै अब तथ्यांक प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्यांक विभागले बताएको छ ।...

TOP