ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् ।
अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रयोगमा आएकामध्ये झण्डै ८० प्रतिशतको चिम बिग्रिसकेको बताउनुभयो ।
गत वर्ष स्थानीयवासीको जनसहभागितामा महानगरपालिकाले चिम हालेको थियो । कम क्षमताको ब्याट्रीका कारण चिम चाँडो बिग्रिएको छ भन्दै उहाँले भन्नुभयो, “स्थानीयवासीको गुनासो आएपछि म आफैँ पनि रातको समयमा गएर सडकका बत्ती हेर्दै आएको छु ।”
महानगरपालिकाका सडकमा बत्ती जडान गर्नका लागि धेरै संस्था इच्छुक भएको प्रमुख महर्जनले बताउनुभयो । महानगरपालिकाले भने गुणस्तरमा जोड दिएको छ । उहाँ भन्नुहुन्छ, “मैले काम गर्न चाहने संस्थालाई रातमा सबै बत्ती बाल्नुपर्ने र बत्ती चहकिलो हुनुपर्ने सर्त राखेको छु । काम गर्न चाहने संस्थासंग गुणस्तरको कुरा गरेपछि काम पछि हच्किदै आएका छन् । सडक बत्ती नहुँदा रातको समयमा सडक दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले पनि बत्ती जडान गर्न महानगरपालिकालाई भन्दै आएको छ । ”
महानगरपालिकाका भित्री भागमा धेरै ठाउँमा सडक बत्ती छैन ।
रासस
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
“आफ्नो गाउँ र ठाउँको माया गरौँ ! कला, संस्कृति, परम्पराको जगेर्ना र सम्बर्द्धन को लागि अगाडि बढौँ !!”भन्ने नाराको साथ...