माइबेनी मेलाको झझल्को दिने गरि इलाम बिकाश समाजले काठमाडौको अनामनगरमा माघे सन्क्रान्ती मेलाको आयोजना गरेको छ । कार्यक्रम पुर्व सभामुख तथा एमाले बरिष्ठ नेता सुवास नेम्वाङ्गको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा काठमाण्डौमा इलामबाट आएर विभिन्न क्षेत्रमा कार्य गर्ने व्यवसायी, कर्मचारी, पत्रकार, राजनीतिज्ञ, समाजसेवी साहीत्यकार इलामेलीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
इलामबाट काठमाडौं आएका इलामेलीहरुको जमघट, भेटघाट हुने तथा इलामको विकासका लागि छलफल गर्ने एउटा प्लेटफर्म बनोस भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।
यसैगरी पुर्वसभामुख नेम्वाङ्गले यस्ता कार्यक्रमले आफ्नो जन्मक्षेत्रसँगको सम्बन्धलाई धुमिल हुन नदिने भएकोले यस्ता कार्यक्रम बेलाबखतमा भैरहनुपर्ने विचार समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सेलरोटी, तरुल तथा घिउ चाकु खाने कार्यक्रम पनि रहेको थियो ।
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
“आफ्नो गाउँ र ठाउँको माया गरौँ ! कला, संस्कृति, परम्पराको जगेर्ना र सम्बर्द्धन को लागि अगाडि बढौँ !!”भन्ने नाराको साथ...