गायक अजयले कान्छीलाई नक्कली मोरी भने पछि भिडियो युट्युबमा भाइरल बन्दै( भिडियो सहित)


गायक अजय तामाङको ‘कान्छीले’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित नायिका रेजिना उप्रेतीले रिपोर्टर्स क्लब नेपालमा श्रष्टा प्रतिष्ठान नेपालले आयोजना गरेको गीत बिमोचन गरेकी हुन् ।

कवि गोष्ठी कार्यक्रमकी प्रमुख अथिति समेत रहेकी नायिका उप्रेतीले ‘कान्छीले’को बिमोचन गर्दै स्रष्टा अजय तामाङको खुलेरै प्रशंसा गरिन् ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा सभापति अमृता स्मृतिले गायकलाई सांगितिक यात्रा सफल पार्नको लागि आफु र आफ्नो संस्था लागीपर्ने विश्वास व्यक्त गरिन् ।गायक तामाङको आफ्नै शब्द रचना, संगित र गायकी रहेको गित ‘कान्छीले’ बोलको गीत अहिले चर्चाको शिखरमा छ ।

सन्तोष प्रगाढको संगित संयोजनमा तयार भएको गितको भिडियोमा कमल र अक्षताले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादनलाई, निर्देशक सन्तोष राजवहाकले मूर्त रुप दिएका छन् ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोला

https://www.youtube.com/watch?v=UtdBVgKVc40