वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो बर्ष वृष राशिको लागि मिश्रीत रहनेछ

November 30, 2017

यो बर्ष वृष राशिको लागि मिश्रीत रहनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । पठनपाठनमा उन्नति हुनेछ । धार्मिक कार्यमा रुची आउंदा तिर्थयात्राको अवसर प्राप्त हुनेछ । जग्गा जमिनको ब्यबसायले सोचेको फल दिनेछ । कृषि र पशुपालन जस्ता ब्यबसायमा सफल हुने योग रहेकोछ । स्वास्थ्यमा सुधार आउनेछ । शत्रु परास्त होलान । भाग्य बलियो हुनाले दुर्घटनाबाट बच्न सफल भइनेछ । पारिबारिक सम्बन्ध मजबुत रहनेछ । बोलीको प्रभावले राम्रै काम हात लाग्नेछ । दाम्पत्य जीबनको तिक्तताले मन निराश हुनेछ । राजनीतिमा खासै सफलता मिल्दैन । जागिरमा केहि समस्या आउने देखिन्छ । बैदेशिक ब्यापारबाट खासै सन्तुष्टि मिल्नेछैन । स्वास्थ्यमा बिशेष ध्यान दिनु पर्ने देखिन्छ । (शुभ रत्न : हीरा, शुभ रंग : सेतो)