मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो बर्ष मेष राशिको लागि सामान्य रहनेछ

November 30, 2017

यो बर्ष मेष राशिको लागि सामान्य रहनेछ । व्यापार ब्यवसायमा राम्रो उन्नति होला । खेति किसानी जस्ता कार्यमा बिशेष लाभ हुने देखिन्छ । अनावश्यक खर्चमा कमि आउला । राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । नयाँ काम पाउने अनि नोकरीमा पदोन्नति हुने देखिन्छ । परिवारको सहयोगले महत्वपूर्ण काम बन्नेछ । आफन्तसंगको सम्बन्धमा सुधार आउनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । रोगब्याधको प्रकोप नियन्त्रणमा आउला । भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । परिक्षा प्रतियोगिता जस्ता कार्यमा खासै राम्रो उपलब्धि नहोला। बोलीमा विचार नपुर्याउनाले मनमा अशान्ति होला । शत्रुहरुबाट सजग रहनु उचित हुनेछ । (शुभ रत्न : मुगा, शुभ रंग : रातो)