२ कार्तिक २०७८, मंगलवार
October 19, 2021, Tuesday

२०१८ मा कस्ता कस्ता फिल्म आउदैछन ?

२०१८ मा कस्ता कस्ता फिल्म आउदैछन ?

अभिनेता आमिर खानका लागि वर्ष २०१६ –१७ सुखद रह्यो । २३ डिसेम्बर २०१६ मा रिलिज उनको चलचित्र ‘दंगल’ २०१७ कै सबैभन्दा बढी (४९५) करोड कमाउने चलचित्र समेत बन्यो ।

यसको अलवा विदेशी मुलुकमा पनि चलचित्रले राम्रो कमाउन सफल भयो । चीनमा पनि चलचित्रले राम्रो आम्दानी गरेको छ । यो वर्ष यस्ता आमिरलाई टक्कर दिने कुनै चलचित्र देखा पर्न सकेन ।

तर वर्ष २०१८ मा केही चलचित्र आउँदैछन् । जसले अमिरको ‘दंगल’लाई पनि टक्कर दिने सम्भावना देखाएका छन्  भने त्यसको कमाइ रेकर्ड पनि तोडिने सम्भावना छ । ती चलचित्रमध्यमा एक अमीरकै चलचित्र पनि रहेको छ । चलचित्र हो ‘ठग्स अफ हिन्दोस्तान’ ।

यो बर्ष शाहरुख खान अभिनित ‘ड्वार्फ’, सलमानको ‘रेस ३’, रणवीर र दीपिकाको ‘पद्यावती’, अक्षय र रजनीकांत अभिनित ‘२.०’ र अजय देवगन अभिनित ‘रेड’ आउँदैछ । यी सबै चलचित्र अमीरलाई चुनौती दिने खालका रहेका छन् ।

ड्वार्फः १ सय ५० करोडमा निर्माण भएको चलचित्र हो । यसको रिलिज मिति २१ डिसेम्बर २०१८ तय गरिएको छ । शाहरुख, कटी«ना कैफ र अनुष्का शर्मा चलचिको मुख्य भूमिकामा छन् ।

पद्याावतीः २ सय करोडमा तयार भएको चलचित्र हो । रिलिज डेट अहिलेसम्म नजुरेको चलचित्रमा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुरको अभिनय देख्न सकिन्छ ।

२.०ः निर्माण लागत ४ सय ५० करोड बताइएको यो चलचित्रको १३ अप्रिल २०१८ रिलिज डेट तोकिएको छ । अक्षय कुमार, रजनीकांत र एमी ज्याक्सन यसको मुख्य भूमिकामा छन् ।

रेश –३ः १ सय करोड लागतमा तयार यो चलचित्रमा सलमान खान, ज्याकलिन फर्नाडिज र बब्बी देओलको अभिनय रहेको छ ।

ठग्स आफ हिन्दोस्तानः अमिताभ बच्चन, अमिर खान, फातिमा सना शेख अभिनित यो चलचित्रको निर्माण लगत २ सय १० करोड बताइएको छ ।

संजय दत्तकी बायोपिकः १५० करोडमा निर्माण भएको यो बायोपिक ३० मार्च २०१८ मा रिलिज हुदैछ । रणवीर कपुर, दीया मिर्जा, मनीषा कोइरालाले चलचित्र अभिनय गरेका छन् ।

रेडः ५५ करोडमा निर्माण भएको यो चलचित्र १९ मार्च २०१८मा रिलिज हुदैछ । अजयदेवगन, इलियाना डिक्रुज र सौरभ शुक्लाको यसको मुख्य भुमिकामा छन् ।

Related News

यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
  • ४ पुष २०७४, मंगलवार

यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...

विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
  • ४ पुष २०७४, मंगलवार

विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
  • ४ पुष २०७४, मंगलवार

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...

TOP