१० बैशाख २०७८, शुक्रबार
April 23, 2021, Friday

धुर्मुस सुन्तलीलाई भैरब अर्याल पुरस्कार

धुर्मुस सुन्तलीलाई भैरब अर्याल पुरस्कार

हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई यो वर्षको भैरव अर्याल स्मृति सम्मान पुरस्कार प्रदान गरिएको छ । सिस्नुपानी नेपाल र साहित्य संगम मकवानपुरले हास्यव्यग्यकार भैरव अर्यालेको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार शनिबार हेटौडामा नै कट्टेल दम्पतीलाई प्रदान गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष तथा साहित्यकार डा. सुधा त्रिपाठीले कट्टेल दम्पतीलाई २१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेकी थिइन् । डा. त्रिपाठीले धुर्मुस–सुन्तली हास्यकलाकार मात्र नभई बहुआयामिक व्यक्तित्व भएको बताउँदै मुलुक परिवर्तनका निम्ति धुर्मुस र सुन्तलीजस्ता हजारौं मानिसको आवश्यकता रहेको उल्लेख गरिन । उनले थपिन, ‘धुर्मुस–सुन्तलीले सामाजिक क्षेत्रमा देखाएको बाटो सबैले अनुशरण गर्नुपर्छ ।’

कार्यक्रममा सीतारामले मुलुकको मूर्धन्य हास्यकलाकार भैरव अर्यालको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘यो सम्मान र पुरस्कारले सामाजिक क्षेत्रमा काम गर्न थप ऊर्जा पैदा गरेको छ ।’ भूकम्पपीडित र बाढीपीडितहरूलाई घर बनाउँदा मन पनि जोडिदिएको उनले सुनाए ।

उक्त पुरस्कार सात वर्षदेखि हास्यकलाकारहरूलाई प्रदान गरिँदै आएको छ । धुर्मुस–सुन्तली हास्यकलाकारबाहेक सामाजिक कार्यमा पनि क्रियाशील रहेकाले उक्त पुरस्कार प्रदान गरिएको साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष आरसी रिजालले बताए । गत वर्ष हास्यकलाकार मनोज गजुरेललाई र त्यसअघि चटयाङ मास्टरलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।

साभार कान्तीपुर

Related News

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
  • १७ मंसिर २०७४, आईतवार

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...

यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
  • १७ मंसिर २०७४, आईतवार

यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...

विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
  • १७ मंसिर २०७४, आईतवार

विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...

TOP