बलिउड अभिनेता अर्जुनले आफ्नी श्रीमती पूर्व मिस इन्डिया मेहर जेसियासँग २० वर्ष पुरानो वैवाहिक सम्बन्धमा ब्रेक लगाउने निर्णय गरेका छन् । दुबैबीच निकै लामो समयदेखि खटपट चलिरहेको थियो र छुट्टा छुट्टै बस्दै आएका थिए ।
ऋतिक रोशन र उनकी पूर्व श्रीमती सुजैन खानको सम्बन्धविच्छेद पछि नै अर्जुनको वैवाहिक सम्बन्धमा खटपटको समाचार आउन थालेका थिए । अब यी दुईले सहमतीमा नै सम्बन्ध तोड्न लागेको जानकारी दिएका छन् ।
पूर्व मोडल अर्जुन रामपाल, ४५, र मेहेर जेसिया, ४७, को सन् १९९८ मा विवाह भएको थियो । उनीहरुका माहिका, १६, र माइरा, १३, नामका दुई छोरी छन् ।
बम्बे टाइम्सलदाई दिएको वक्तव्य अनुसार अर्जुन रामपाल र उनकी श्रीमती मेहरले आफ्नो सम्बन्ध समाप्त गर्ने निर्णय गरेका छन् । दुबैले आपसी सहमतीमा भिन्न बाटो रोज्ने निर्णय गरेका छन् । अर्जुन र मेहरले आफ्नो सम्बन्धलाई दोस्रो मौका दिन पूरा कोसिस गरे । सम्बन्ध समाप्त नहोस् भन्नका लागि दुबै आफ्ना छोरीहरुसँग विभिन्न भ्रमणमा गए, राम्रो समय पनि बिताए तर स्थिती सामान्य हुन सकेन ।
जारी गरिएको संयुक्त वक्तव्यमा भनियो, ‘२० वर्षको यो सुन्दर यात्रालाई समाप्त गर्ने समय आएको छ । प्रत्येक यात्राको बेग्लाबेग्लै लक्ष्य हुन्छ त्यसकारण हामीले अलग्गिने निर्णय गरेका छौं । नयाँ यात्रा थालेपछि पनि हामी दुबै राम्रो साथी हुनेछौं र आवश्यक परे एक अर्कालाई साथसमेत दिनेछौं ।’
‘हामी दुबै छोरीहरु माहिका र माइराका लागि सधैं हुनेछौं । हामीलाई यो घडीमा सहयोग गर्ने सबैलाई धन्यवाद । सम्बन्ध टुङ्गिन सक्छ तर माया सधैं जीवित रहन्छ । हामीले यसबारे थप प्रतिक्रिया दिनेछैनौं ।’
अर्जुन रामपालको नाम ऋतिक रोशनकी श्रीमतीसँग निकै जोडिएको थियो, दुबैको अफेयरको खबर पनि सार्वजनिक भएको थियो ।
वास्तवमा ऋतिक र अर्जुन कुनैबेला फ्यामिली फ्रेन्ड थिए । सुजैन खान र मेहर जेसियालाई पनि धेरैजसो पार्टीमा सँगै देखिन्थ्यो । यद्यपी, चार वर्ष अघि ऋतिक सुजैनको सम्बन्धविच्छेद हुनुमा अर्जुन रामपाललाई दोष दिइयो । अर्जुन र सुजैनको अफेयरका कारण एक पार्टीमा मेहर र सुजैनबीच झगडासमेत भएको खबर सार्वजनिक भएको थियो ।
यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...