कलालाई कुनै पनि देशको भूगोलले छेक्न सक्दैन् । त्यसैले पनि अन्र्तराष्ट्रिय चलचित्र र कलाकार नेपाली दर्शकका पनि उत्तिकै प्रिय छन् । त्यहि लोकप्रियताको जगमा टेकेर बलिउडका कलाकारहरुको नेपाल आउँने जाने क्रम चलिरहन्छ ।
केहि समयअघि बलिउड ब्याड ब्वाई गुलसन ग्रोबर काठमाडौं आएका थिए । उनी चलचित्र सुटिङका लागि काठमाडौं आएका कुरा उनकै मिल्ने साथी मनिषा कोइरालाले खुलासा गरेकी थिइन् ।
दबंग ब्वाई सलमान खान पनि काठमाडौं आउँने चर्चा चलिरहदा अभिनेता नील नीतिन मुकेश भने भोलि काठमाडौं ओर्लदै छन् । उनले न्युर्योक, जेल, सात खुन माफ, प्लेयर्स, प्रेम रतन धन पायो, गोलमाल अगेन लगायतका चलचित्रमा अभिनय गरेका छन् ।
नील नीतिनलाई डिजे ब्याटलका लागि निम्त्याइएको इभेन्ट नेपालका इभेन्ट म्यानेजर हीरामणी तिमल्सिनाले बताए ।
नेपालमै पहिलो पटक हुन लागेको डिजे ब्याटलमा नेपाल र भारतका पाँच–पाँच डिजेहरुले प्रतिस्पर्धा गर्नेछन् । क्रिएटो एटुजेटले आयोजना गर्ने बेटल अफ डिजे एपिसोड: केटिएम भर्सेस गोवामा गायक लाउरेसहितको टोली निर्णयकको रुपमा रहनेछ ।
यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...