१४ मंसिर २०७८, मंगलवार
November 30, 2021, Tuesday

नेपाल आइडल–२ को अडिसन सकियो

नेपाल आइडल–२ को अडिसन सकियो

नेपाल आइडल सिजन–२ को प्रिअडिसन बुधबार सम्पन्न भएको छ । मन जित्छ उसले, राम्रो गाउँछ जसले, नारा दिइएको काठमाडांै अडिसन मंगलबार र बुधबार गरिएको हो । काठमाडांैमा तीन हजारभन्दा बढीले अडिसन दिएका थिए । नेपालभरका विभिन्न सहरमा केही महिनादेखि नेपाल आइडलको अडिसन सञ्चालन भएको थियो ।

बिहीबार र शुक्रबार जज राउन्ड सञ्चालन हुँदैछ । उक्त राउन्डमा सफल भएका प्रतिभालाई खानेबस्ने सुविधासहित सम्पूर्ण आवश्यक सुविधा आयोजकले नै व्यवस्था गर्नेछ । उत्कृष्ट गाउने प्रतिभालाई पियानो, गाला र थिएटर राउन्ड हँुदै टप १८ भित्र पुगेपछि भोटिङ राउन्ड खुला गरिने एपी वान टेलिभिजनका नृपेश प्रधानले जानकारी दिए ।

यसपटक गीत गाउन जान्ने र प्रतिभा भएका मात्र अडिसन दिन आएको आयोजकले जानएको छ । अडिसनमा उत्साहजनक सहभागिता थियो । यसपटकको आइडलमा केही नियम पनि परिवर्तन भएको छ । गत साल भोटिङ राउन्ड सुरु भएपछि निर्णायकको भूमिका रहँदैनथ्यो तर यसपटक भोटिङ राउन्ड र निर्णायकको भूमिका ५०÷ ५० प्रतिशत रहनेछ । यसको आधारमा उत्कृष्ट प्रतिभालाई नेपाल आइडल विजेता घोषणा गरिने प्रधानले बताए ।

यसका साथै उत्कृष्ट गीत गाउने प्रतियोगीले गोल्डेन माइक पनि प्राप्त गरेका छन् । गोल्डेन माइक पाउने प्रतिभाले एकैपटक टप ३० मा भाग लिन पाउने व्यवस्था छ । उनीहरूले दुई राउन्डको प्रतिस्प्रर्धा गर्नुपर्ने छैन ।

सुशील नेपालको ठाउँमा आशिष साह आएका छन् होस्टका रूपमा । आशिष र रीमा विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नेछन् । निर्णायकमा न्ह्यु वज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी छन् । एपी वान टेलिभिजनले नेपाल आइडलको दोस्रो सिजनलाई ३४ भागमा प्रसारण गर्नेछ । आगामी साउन १० गतेदेखि हप्ताको दुई दिन एपीवान टेलिभिजनमा नेपाल आइडल प्रसारण हुनेछ । नेपाल आइडल तयार गर्न ६ महिना लाग्नेछ ।

Related News

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
  • २५ बैशाख २०७५, मंगलवार

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा...

प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
  • २५ बैशाख २०७५, मंगलवार

बिदेशी सिनेमाले नेपाली हलमा राम्रो ब्यापार गर्न थालेपछि नेपाली चलचित्रका निर्माताहरुले आफ्नो फिल्म रिलिजको लागि धमाधम घोषणा गर्न थालेका छन्...

बलिउड अभिनेता शाहिद कपुरको आगामी फिल्म ‘जर्सी’ को ट्रेलर सार्वजनिक
बलिउड अभिनेता शाहिद कपुरको आगामी फिल्म ‘जर्सी’ को ट्रेलर सार्वजनिक
  • २५ बैशाख २०७५, मंगलवार

बलिउड अभिनेता शाहिद कपुरको आगामी फिल्म ‘जर्सी’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलर रिलिज भएपछि शाहिदले अन्तर्वार्ताका...

TOP