नेपाली सेलिब्रिटीहरु ब्रान्ड दुनियाँमा खासै जम्न सकेको पाइदैन । बलिउडका कलाकारको आम्दानीको ठूलो श्रोत विज्ञापन भएपनि नेपाली कलाकारका लागि अझै यो दुनियाँ सपनामै छ ।
तर, पछिल्ला केही समययता भने विज्ञापन कम्पनीहरुले नेपाली कलाकारलाई पनि विश्वास गर्न थालेका छन् । यसैले, केही कलाकारको आम्दानीको बाटो पनि फराकिलो बन्दै गएको छ ।
हालै नायिका प्रियंका कार्कीले एक अन्तर्राष्ट्रिय कम्पनीको विज्ञापनमा काम गर्ने सम्झौता गरिन् । ब्रिटानिया कम्पनीले उत्पादन गर्दै आएको गुड डे बिस्कुटको टीभीसी एडमा प्रियंका देखिनेछिन् । कम्पनीले उनलाई २ बर्षका लागि नेपालको सद्भावना दुत बनाएको छ ।
बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा काम गर्ने आफ्नो चाहना कोकाकोलाबाट पुरा भएको र ब्रिटानिया कम्पनीसँग पनि आफूलाई काम गर्न मन लागेको प्रियंकाले बताएकी छिन् ।
प्रियंकाले यो कम्पनीको नेपाल सद्भावना दुत बनेवापत २० लाख भारु पारिश्रमिक लिएको चर्चा छ । २ बर्षका लागि उनले यति रकममा सम्झौता गरेकी हुन् ।
यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...