१ कार्तिक २०७८, सोमबार
October 18, 2021, Monday

सार्क फिल्म फेस्टिवल : कालो पोथी र डाइङ क्यान्डललाई अवार्ड

सार्क फिल्म फेस्टिवल : कालो पोथी र डाइङ क्यान्डललाई अवार्ड

काठमाडौं : श्रीलंकामा आयोजित दी सार्क फिल्म अवार्ड-२०१७ का तीन विधामा नेपाली चलचित्रले पुरस्कार प्राप्त गरेका छन् । दी सार्क फिल्म फेस्टिवलले सार्वजनिक गरेको चौध विधामध्ये तीन विधामा नेपालले अवार्ड जितेको हो ।
चलचित्र ‘डाइङ क्यान्डल’का लागि भूपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड हात पारेका छन् । यसैगरी उत्कृष्ट पाश्र्व संगीत विधामा चलचित्र ‘कालो पोथी’का लागि जेसन कुँवरले अवार्ड प्राप्त गरे । ‘कालो पोथी’ले उत्कृष्ट फिल्म ओपनको अवार्ड पनि जितेको छ ।
‘डाइङ क्यान्डल’ र ‘कालो पोथी’ व्यावसायिक सफलतामा पछि परे पनि समीक्षकले प्रशंसा गरेका थिए । उत्कृष्ट सम्पादकको अवार्ड जित्न सफल अधिकारीले ‘डाइङ क्यान्डल’को सम्पादन रेड स्टुडियोमा गरेका हुन् । फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम त्यहीँ भएको हो ।
अधिकारीले अहिलेसम्म ‘तुइन’ र ‘के म तिम्रो होइन र’, ‘प्रेम गीत २’, ‘निर्भय’जस्ता चलचित्र सम्पादन गरेका छन् । अहिले उनी ‘कान्छी’को सम्पादन गरिरहेका छन् । ‘यो अवार्डले अझै उत्साहित भएर काम गर्न प्रेरणा मिलेको छ’, सम्पादक अधिकारीले भने ।
सार्क फिल्म अवार्डमा भारतले तीन, श्रीलंकाले चार, अफगानिस्तानले दुई, माल्दिभ्सले एक र बंगलादेशले एक विधामा पुरस्कार प्राप्त गरे । सार्कमा आबद्ध नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, अफगानिस्तानले यो अवार्ड पाए पनि पाकिस्तान र भुटानले भने कुनै अवार्ड जित्न सकेनन् ।
तीन सदस्यीय जुरीले विजेता घोषणा गरेको हो । अवार्र्डको जुरीमा अस्ट्रेलियाका डा. एन्नी डेमी जर्ज, पोर्चुगलका डा. एन्टेनियो कोस्टा भ्यालेन्टी र इरानका अमिर मसुद सोहेली सहभागी थिए । स्पेसल जुरी अवार्ड भारतको चलचित्र ‘पिंकी ब्युटी पार्लर’ र श्रीलंकाको चलचित्र ‘फ्रागिंपानी’ले प्राप्त गरे ।
चलचित्र ‘पिंकी ब्युटी पार्लर’का लागि भारतका रक्षित तान्त्रिकले स्पेसल साउन्ड डिजाइनरको अवार्ड जिते । ‘दी बर्ड वाज नट अ बर्ड’का लागि पाकिस्तानी सिनेमाटोग्राफर अहमद जिया अरसलेले उत्कृष्ट छायाकारको पुरस्कार पाए भने यही विधामा स्पेसल जुरी अवार्ड भारतका स्वप्नील सोनावनेले चलचित्र ‘ताण्डव’का लागि पाए । चलचित्र ओगाटोनामाका लागि बंगलादेशका ताकिर अहमदले उत्कृष्ट स्क्रिन प्लेको पुरस्कार पाए ।
श्रीलंकाकाकै चलचित्र ‘फ्रागिंपानी’का तीन कलाकार दासुना पथियालाना, जेहान आपुहामी र भूमि हरेन्दरणलाई उत्कृष्ट अभिनेताको पुरस्कार दिइयो । यसैगरी चलचित्र ‘भिस्का’का लागि मालदिभ्सकी नायिका अइसाथ रिस्मीलाई उत्कृष्ट नायिकाको पुरस्कार दिइयो । अफगानिस्तानको ‘दी वाटर’ उत्कृष्ट छोटो चलचित्र बन्यो । चलचित्र लेट हर क्राईका लागि श्रीलंकाका निर्देशक अशोका हान्दागामालाई उत्कृष्ट निर्देशकको अवार्ड दिइयो । श्रीलंकाकै लेट हर क्राईलाई उत्कृष्ट फिल्म घोषणा गरियो ।

Related News

यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
  • १५ मंसिर २०७४, शुक्रबार

यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...

विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
  • १५ मंसिर २०७४, शुक्रबार

विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
  • १५ मंसिर २०७४, शुक्रबार

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...

TOP