२० श्रावण २०७८, बुधबार
August 4, 2021, Wednesday

मन पराउने, अफर दिने धेरै छन् : तरकारीवाली

मन पराउने, अफर दिने धेरै छन् : तरकारीवाली

तरकारी बोकेर बजार जाँदै गर्दा एक पटक उनी यसरी चर्चामा आइन् कि एकै रातमा देश तथा विदेशले चिन्यो तर त्यो चर्चा लामो समयसम्म रहेन । अचानक हराइन् । अब फेरि उनी एक पटक फिल्मी पर्दामा छाउने तरखरमा छिन् । उनी अर्थात कुशुम श्रेष्ठ । कुशुम तरकारीवालीको नामले भइरल भएकी युवती हुन् । तस्बिर भाइरल भएपछि सबैतिर चिनिएकी उनी ‘लम्फू’ चलचित्र मार्फत पर्दामा छाउन लागेकी हुन् । २८ वैशाखदेखि प्रदर्शनमा आउने यो चलचित्रको उनी मुख्य भूमिकामा रहेकी छन् । चलचित्रको अहिले प्रचारप्रसार भइरहदा उनको पनि चर्चा चल्न थालेको छ । ‘लम्फू’मा आफ्नो निक्कै राम्रो भूमिका रहेकाले अभिनयमा स्थापित हुने उनी बताउँछिन् । आकर्षक अनुहार, मनमोहक मुस्कान र हाइट राम्रो भएकी कुशुमसँग एकै भेटमा जो कोही पनि मोहित हुन सक्छ ।

फिल्मी यात्रा भर्खर सुरु भएको छ, कस्तो लागिरहेछ ?
– रमाइलो मनिरहेकी छु । एक्साइटेड छु । ‘लम्फु’ मेरो डेब्यु चलचित्र हो । भग्यले साथ देला भन्ने छ । चलचित्र राम्रो बनेको छ । चल्छ होला । म पनि हिट हुन्छु भन्ने छ ।

एक त भाइरल गर्ल, त्यसमा पनि नायिकाको रूपमा देखिँदै हुनुहुन्छ । आफ्नो सौन्दर्यको ख्याल कतिको गर्नुहुन्छ ?
– अहिलेसम्म त्यस्तो केयर गर्ने गरेकी छैन । सिम्पल भएर हिँड्न रुचाउने केटी हुँ । आँखामा गाजल, ओठमा लिपस्टिक र गालामा क्रिम पाउडर लगाउन भने छुटाउँदिन ।

फिटनेसतिर रुचि छ ?
– कहिले काहीँ घरमै गर्ने गरेकी छु । म गाउँमा हुर्किएकी छोरी हुँ । त्यसैले घरको कामले नै मेरो एक्सरसाइज हुने गरेको छ । अहिले भने मर्निङ वाक पनि जान थालेकी छु ।

फेसनतिर लगाव त होला नि, हैन ?
– त्यस्तो लगाव भन्ने छैन । आफूलाई राम्रो लागेको, सुहाउने किन्छु । चलेकै पहिरन भए पनि आफूलाई सुट गर्दैन भने लगाउँदिनँ । पहेँलो कलरको पहिरन मलाई निकै मनपर्छ र सुहाउँछ पनि । कुर्ता, सुरुवाल, वान पिस, पाइन्ट, टिसर्ट लगायतका प्रायः सबै प्रकारका पहिरनमा राम्री देखिन्छु । सीधै भन्नुपर्दा सिम्पल ड्रेसमा म राम्री देखिन्छु ।

घुम्न कति मनपर्छ ?
– धेरै मनपर्छ । प्राकृतिक सौन्दर्यले भरिएको नयाँ ठाउँ मनपर्छ । भ्रमण मेरो अर्काे रुचिको विषय हो ।

नराम्रो बानी ?
– मानिस भएपछि राम्रो र नराम्रो बानी दुवै हुन्छ । आफैले भन्नुपर्दा ढिलो उठ्ने मेरो नराम्रो बानी होला । किन किन म बिहान छिटो उठ्नै सक्दिनँ ।

लक्ष्य ?
–अभिनयमा पाइला राखेकी छु । सफल बनेर अभिनेत्रीका रूपमा सबै माझ परिचित हुने लक्ष्य छ ।

प्रेममा हुनुहुन्छ ?
– छैन । मलाई प्रेम गर्ने, मन पराउने, आफर दिने धेरै छन् । अहिले करियर बनाउने बेला हो । पहिले करियर बनाउँछु अनि प्रेमको विषयमा सोचौंला भन्ने गरेकी छु ।

मनपर्ने हिरो ?
–आर्यन सिग्देल, पल शाह, प्रदीप खड्का, अनमोल केसी मनपर्छ ।

डेटको अफर मिल्यो भने ?
– अहिले नै नभनांै होला । यस विषयमा पछि कुरा गरौंला ।

साभारः रातोपाटी

Related News

यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
  • ७ बैशाख २०७५, शुक्रबार

यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...

विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
  • ७ बैशाख २०७५, शुक्रबार

विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
  • ७ बैशाख २०७५, शुक्रबार

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...

TOP