चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डमा फिल्म ‘द सेप अफ वाटर’ यस बर्ष सर्वोत्कृष्ट घोषित भएको छ । सोही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।
लस एन्जेलसमा सम्पन्न ९० औं ओस्कार अवार्डमा सार्वधिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा परेको थियो । फिल्मले जम्मा चार अवार्ड जितेको छ ।
‘डार्केस्ट आवर’ बाट गेरी ओल्डम्यानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । यसैगरी फ्रान्सेस म्याकडोरम्यान्डले ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’ सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रमा स्पेनिस भाषाको ‘द फेन्टास्टिक वुमेन’ ले बाजी मारेको छ ।
अन्य विजेताहरु यस प्रकार छन्ः
सर्वोत्कृष्ट सहायक अभिनेताः साम रकवेल (थ्री बिलबोड्स आउटसाइड एबिङ मिसउरी)
सर्वोत्कृष्ट सहायक अभिनेत्रीः ऐलीसन जेनी (आई तोन्या)
सर्वोत्कृष्ट सम्पादनः डनकर्क (ली स्मिथ)
सर्वोत्कृष्ट डकुमेन्ट्री (फीचर): डनकर्क (ली स्मिथ)
सर्वोत्कृष्ट ध्वनी सम्पादनः डनकर्क (रिचर्ड किङ र एलेक्स गिबसन)
सर्वोत्कृष्ट साउन्ड मिक्सिङः डनकर्क
मौलिक पटकथाः गेट आउट, जोर्डन पीले
प्रोडक्सन डिजाइनः द सेप अफ वाटर
विदेशी भाषाको चलचित्रः अ फेन्टास्टिक वुमेन
एनिमेटेड फिचर फिल्मः कोको
भिजुअल इफेक्ट्सः ब्लेड रनर २०४९
बेस्ट डकुमेन्ट्री शर्टः हेवन इज द ट्राफिक जेम अन द ४०५ फ्रैर स्टेफेल)
एडेप्टेड स्क्रीनप्लेः कल मि बाई योर नेम (जेम्स इवोरी)
यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...