१० बैशाख २०७८, शुक्रबार
April 23, 2021, Friday

विप्लवका कारण सर्यो सलमान आउने कार्यक्रम

विप्लवका कारण सर्यो सलमान आउने कार्यक्रम

विप्लव माओवादीको चेतावनीका कारण सलमान खानको शो स्थगित भयो । तर, उक्त शोका लागि सलमान र उनको टिमका सबैले पारिश्रमिक अगि्रम लिइसकेको बुझिएको छ ।

सलमानको टिमलाई बैंकमार्फत पाँच करोड रुपैयाँ पठाइसकिएकाले ढिलो चाँडो कार्यक्रम गर्नैपर्ने दवाव आयोजकलाई छ । टिममा रहेका १ सय १० जनालाई उनीहरुकै खातामा पैसा पठाएको आयोजक स्रोतले बतायो ।

तत्कालिक परिस्थितिमा कुनै अवरोध आए केही समयका लागि स्थगित गर्न सकिने ओडीसीले सोहेल खान प्रोडक्सनसँग गरेको सम्झौतामा उल्लेख छ । तर सँधैका लागि रद्द गर्न सकिने विषयमा केही उल्लेख छैन ।

त्यसैले यदि ओडीसी इन्टरनेसनलले भविष्यमा यो कार्यक्रम गर्न सकेन भने उसको पाँच करोड फिर्ता ल्याउन कठिन हुनेछ ।

ओडीसी इन्टरनेसनलका प्रमुख सीमान्त गुरुङ भन्छन्, ‘अहिलेको स्थितिलाई मध्येनजर गरेर कार्यक्रम स्थगित गरिएको हो, तर हामी चाँडै नयाँ मिति तय गर्छौं । हामी शान्तिपूर्ण माहोलमा कार्यक्रम गर्न चाहन्छौं ।’
यस विषयमा सलमान खानले आजै बेलुकी विज्ञप्ति जारी गर्न सक्ने उनले बताए ।

देशमा एउटा विदेशी सेलिबि्रटी आएर प्रस्तुति दिने कुरालाई नकारात्मक रुपमा नलिइदिन गुरुङले आग्रह गरे ।

‘हाम्रो देशका कलाकारहरु पनि विभिन्न देशमा गएर प्रस्तुति दिनुहुन्छ, त्यसैगरी विदेशबाट पनि कलाकारहरु यहाँ आउनुलाई अन्यथा लिन मिल्दैन,’ उनले भने ।

२६ गते हुने भनिएको शोका लागि अहिलेसम्म करिब ५ हजार टिकट बिक्री भइसकेका छन् । निकट भविष्यमै शो आयोजना हुने र यही टिकटबाट हेर्न सकिने गुरुङ बताउँछन् ।

तर कुनै कारणबस पछि कार्यक्रममा उपस्थित हुन सक्दैनौं भन्नेहरुले पैसा फिर्ता लैजान सक्ने पनि उनको भनाइ छ ।

बल प्रयोगको योजना थिएन : महासंघ

यसैबीच विप्लव माओवादी निकट अखिल नेपाल सांस्कृतिक महासंघले सलमानको शो स्थगित भएकोमा खुशी व्यक्त गरेको छ । महासंघका महासचिव खेम थपलियाले शो स्थगित हुनु ‘आमूल परिवर्तनकारी तथा राष्ट्रप्रेमी नेपाली जनताको जित’ भएको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘हामी यो शो रोक्नका लागि निणर्ायक दबाव दिने तयारीमा थियौं, तर बेलैमा आयोजकले बुद्धि पुर्‍याए ।’ उनले भविष्यमा पनि शो आयोजना गर्न नदिने बताए ।

कार्यक्रम आयोजना भएको भए के तपाईंहरु हिंसात्मक कार्य गरेर रोक्नुहुन्थ्यो भन्ने प्रश्नमा थपलियाले त्यस्तो योजना भने नरहेको बताए ।

‘हामी शान्तिपूर्णरुपमै दबाव दिएर कार्यक्रम रोक्ने कुनै बल प्रयोग गर्ने योजना थिएन’ उनले भने ।

Related News

यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
  • १८ फाल्गुन २०७४, शुक्रबार

यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...

विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
  • १८ फाल्गुन २०७४, शुक्रबार

विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
  • १८ फाल्गुन २०७४, शुक्रबार

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...

TOP