सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ले प्रदर्शनको पहिलो हप्ता पुग्नु अगावै सय करोड क्लबमा प्रवेश गरेको छ।
बिहीबार रिलिज भएको फिल्मले पहिलो हप्तामा ११४ करोड कमाइ गरेको छ।
भारतीय बक्स अफिसको नयाँ आँकडा अनुसार पद्मावत शाहिद कपुर अभिनित फिल्महरु मध्ये १०० करोड क्लबमा प्रवेश गरेको पहिलो फिल्म बनेको छ।
लामो समयदेखि विवादमा फसेको फिल्म करणी सेनाको अवरोधका बीच २५ जनवरीमा रिलिज भएको थियो। रिलिजको पहिलो दिन फिल्म ४ हजारभन्दा बढी स्क्रिनमा देखाइएको थियो। विरोधकै कारण भारतका केही राज्यमा अझै पनि फिल्म प्रदर्शन हुन सकिरहेको छैन।
फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह, शाहिद कपुरको मुख्य अभिनय रहेको छ।
यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...