५ माघ २०७७, सोमबार
January 18, 2021, Monday

बलिउड फिल्म फेयर अवार्ड २०१८ः को को बने उत्कृष्ट?

बलिउड फिल्म फेयर अवार्ड २०१८ः को को बने उत्कृष्ट?

हरेक वर्ष झै यस वर्ष पनि बलिउडमा तामझामका साथ फिल्म फेयर अवार्ड सम्पन्न भएको छ । बलिउडको ६३ औं ‘फिल्म फेयर अवार्ड कार्यक्रम २०१८’ शनिबार राति भारतको मुम्बइमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई बलिउडका किङ्ग खान शाहरुख खान तथा करण जोहरले सञ्चालन गरेका थिए । बलिउड कलाकारहरुको यस समारोहमा अक्षय कुमार, रणविर सिंहलगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राख्दै समारोहलाई अझ शानदार बनाएका थिए ।

वर्षकै सर्वोत्कृष्ट अभिनेता तथा अभिनेत्रीको पुरस्कार भने इरफान खान र विद्या वालनले पाएका छन् । इरफान खानलाई फिल्म ‘हिन्दी मीडियम’बाट वर्षकै उत्कृष्ट अभिनेता तथा विद्या वालनलाई उनको फिल्म ‘तुम्हारी सुलु’बाट वर्षकै उत्कृष्ट अभिनेत्रीको पुरस्कार दिइएको छ ।

फिल्म फेयरको पुरस्कार विजेताको लिस्ट हेर्नुहोस् :

१. उत्कृष्ट फिल्म : हिन्दी मीडियम

२.उत्कृष्ट फिल्मका लागि क्रिटिक्स अवार्ड : न्यूटन

३.उत्कृष्ट अभिनेत्री : विद्या वालन, ‘तुम्हारी सुलु’

४.उत्कृष्ट अभिनेता : इरफान खान, ‘हिन्दी मीडियम’

५.उत्कृष्ट अभिनेताको लागि क्रिटिक्स अवार्ड (फिमेल) : जायरा वसीम, ‘सीक्रेट सुपरस्टार’

६. उत्कृष्ट अभिनेताको लागि क्रिटिक्स अवार्ड (मेल) : राजकुमार राव, ‘ट्रयाप्ड’

७.उत्कृष्ट निर्देशक : अश्विनी अय्यर तिवारी, ‘बरेली की बर्फी’

८.उत्कृष्ट डेब्यू निर्देशक : कोंकणासेन शर्मा, ‘अ डेथ इन द गञ्ज’

९. उत्कृष्ट अभिनेता सपोर्टिङ रोल (मेल) : राजकुमार राव, ‘बरेलीकी बर्फी’

१०. उत्कृष्ट अभिनेता सपोर्टिङ रोल (फिमेल) : मेहर विज, ‘सीक्रेट सुपरस्टार’

११ः लाइफटाइम एचीभमेन्ट अवार्ड : माला सिन्हा र बप्पी लहेरी

१२. उत्कृष्ट डायलग : हितेश केवलिया, ‘शुभ मंगल सावधान’

१३. उत्कृष्ट स्क्रीनप्ले : शुभाशीष भूटियानी, ‘मुक्ती भवन’

१८. उत्कृष्ट ओरिजिनल स्टोरी : अमित मसुरकर, ‘न्यूटन’

१९. उत्कृष्ट म्यूजिक एल्बम : प्रीतम, ‘जग्गा जासूस’

२०. उत्कृष्ट पाश्र्व गायक (फिमेल) : मेघना मिश्रा, नचदी फिरां, ‘सीक्रेट सुपरस्टार’

२०. उत्कृष्ट पाश्र्व गायक (मेल) : अरिजीत सिंह, रोके न रुके नैना, ‘बद्रीनाथ की दुल्हनिया’

२१. बेष्ट लिरिक्स : अमिताभ भट्टाचार्य, दिल उल्लूका पठ्ठा हे ‘जग्गा जासूस’

२२. बेस्ट ब्याकग्राउण्ड स्कोर : प्रीतम, ‘जग्गा जासूस’

२३. उत्कृष्ट एक्शन : टोम स्ट्रुथर्स, ‘टाइगर जिन्दा हे’

२४. उत्कृष्ट सिनेम्याटोग्राफी : शीर्षा रे, ‘अ डेथ इन द गज’

२५. उत्कृष्ट एडिटिङ्ग : नितीन वैद, ‘ट्रयाप्ड’

२६ः उत्कृष्ट कस्ट्यूम : रोहीत चतुर्वेदी, ‘अ डेथ इन द गज’

Related News

यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
  • ७ माघ २०७४, आईतवार

यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...

विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
  • ७ माघ २०७४, आईतवार

विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
  • ७ माघ २०७४, आईतवार

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...

TOP