मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई समझदारीमा टुङ्गयाएका छन् । विशेष स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।
सम्बन्ध विच्छेदको कारणका बारेमा हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार विचारमा असहमति भएको हो । त्यसैले दुवैले कारण सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका छन् । केही हप्तादेखि मनोज र मिना अलग–अलग बस्न थालेका थिए । कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।
मनोजसँग सम्बन्ध विच्छेद गरेलगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् । यो निर्णयलाई दुवैले सम्बन्धको ह्याप्पी इण्डिङका रुपमा लिएको प्रतिकृया दिएका छन् ।
२०५३ सालमा सुरु भएको थियो वैवाहिक यात्रा
२०५२ सालमा पहिलो पटक भेट भएर केही समय एक अर्काको प्रेममा रमाएको यो जोडीले २०५३ सालको वैशाखमा काठमाडौंको गुहेश्वरी मन्दिरमा विवाह गरेका थिए । पुतलीसडकमा पसल गर्ने क्रममा मनोजले मिनालाई पहिलो पटक देखेका थिए । देख्दादेख्दै मिना मनोजलाई मन पर्न थालिन् । खासमा मिना मनोजको पसल अगाडिको एउटा अफिसमा काम गर्थिन् । यही क्रममा मनोजले मिनालाई भेट्ने अवसर पाएका थिए ।
मिनालाई मन पराएपछि मनोजले उनको अफिसको नम्बर खोजेर झण्डै दुई महिना जति ब्लफकल गरे । पछि उनीहरुले भेटघाट गरे । उनीहरुको भेट प्रेममा परिणत भयो र पछि विवाह पनि । केही समय अघि फर्सी नेटवर्कको ‘पीरती’ मा मनोज र मिनाले यसरी सेयर गरेका थिए पीरतीका कुरा ।
यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...