२० श्रावण २०७८, बुधबार
August 4, 2021, Wednesday

बलिउडका यी स्टार, जसले फ्यानलाई बनाए रियल लाइफ पार्टनर

बलिउडका यी स्टार, जसले फ्यानलाई बनाए रियल लाइफ पार्टनर

कलाकारको बिषयमा फ्यानले मनमा विभिन्न सपना सजाउने गर्दछन् । कोही फ्यान उनीहरुलाई भेट्ने मात्र सपना देख्छन् । कोही फ्यान यस्ता पनि हुन्छन् जसले आफ्नो मनपर्ने कलाकारसँग जिन्दगी बिताउने सपना पनि पालेको हुन्छन् । तर सबै फ्यानने सपना पुरा हुनुपर्छ भन्ने छैन । केही यस्ता ब्यक्ति पनि छन् जसले बलिउड कलाकारको बिषयमा देखेको सपना पुरा भएको छ । ती कलाकार आजको चर्चाको बिषय हुन् । जसले रियल लाइफमा फ्यानलाई जीवन साथी चुनेः

जितेन्द्र र शोभा कपुर

कलाकार जितेन्द्र बलिउडका सुपरस्टार हुन् । थुप्रै हिट चलचित्र दिएका जितेन्द्रले आफ्नै फ्यान शोभासँग घरजम गरे । जितेन्द्र र शोभाको पहिलो भेट फ्लाइटको दौरानमा भएको थियो । जितेन्द्रले ब्रिटीस एरलाइन्सको प्लेनमा यात्रा गर्दा शोभालाई भेटेका थिए । शोभा त्यसै एरलाइन्सकी एरहोस्टेज थिइन् । यी दुबैले १९७४मा बिबाह गरेका थिए ।

दीलिप कुमार र सायरा बानो
दीलिपकी पत्नी सायरा बानो पनि बलिउडकी अभिनेत्री हुन् । सायरा अभिनयमा आउनु पुर्व दीलिपको ठुलै फ्यान थिइन् । फ्यानको माया ग्रेट भन्दै दीलिपले उनलाई जीवन साथी चुने । यी दुबैका बिच १२ बर्षको उमेर अन्तर रहेको छ । दुबैको बिबाह १९६६ मा भएको थियो ।

मुमताज र मयुर माधवानी
७० दशककी चर्चित अभिनेत्री मुमताजको नाम अहिले पनि बलिउडमा लिने गरिन्छ । मुमताजले बिबाह भने सो समयका ब्यवसायी मयुर मधवानीसँग गरेकी थिइन् । मधवानी मुमताजका प्रिय फ्यान थिए ।

राजेश खन्ना र डिंपल कपाडिया
राजेश बलिउडका पहिलो सुपरस्टार हुन् । उनका फ्यान निकै थिए सो समय । ति मध्यकी एक बलिउडकी चर्चित अभिनेत्री समेत रहेकी डिंपल थिइन् । यी दुबैले १९७३ मा बिबाह गरेका हुन् । राजेशसँग बिबाह गर्दा डिंपल १५ बर्षकी थिइन् ।

विवेक ओबराय र प्रियंका अल्वा
अभिनेता विवेकले पनि आफ्नै फ्यानसँग बिबाह गरेका छन् । फ्यानको रुपमा भेटघाट गर्दा गर्दै यी दुबैले बिबाह निणर्य गरेका हुन् । प्रियंका कर्नाटकका मन्त्री जीवराज अल्वाकी छोरी पनि हुन् ।

शिल्पा शेट्टी र राज कुन्द्रा
राज पनि शिल्पाको गे्रट फ्यान थिए । बिजनेश म्यान समेत रहेका राज र शिल्पाले राजी खुसीमा बिबाह गरे । केही समयको प्रेमलाई बिबाहमा परिणत गरेका यी दुबैको अहिले डिबोर्स समेत भइसकेको छ ।

ईशा देओल र भरत तख्तानी
धमेन्द्र र हेमा मालिनीकी जेठी छोरी र्एशाले पनि फ्यानसँग बिबाह गरेकी हुन् । भरत र ईशा एकसाथ एउटै स्कुलमा पढ्थे । यी दुबैको प्रेम सो समय देखिएको थियो ।

एजेन्सी

Related News

यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
यसपालीको चलचित्र बिकास वोर्डकी अब्बल आवेदक
  • ४ माघ २०७४, बिहीबार

यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...

विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
  • ४ माघ २०७४, बिहीबार

विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
  • ४ माघ २०७४, बिहीबार

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...

TOP