नाम माग्ने भएर के गर्नु ? खप्परमा लेखेर ल्याएपछि ‘माग्नेबूढा’ अर्थात् केदार घिमिरे एउटै फिल्मबाट लखपति भएका छन् । नायिका तथा निर्मात्री पूजा शर्माको आगामी अनटाइटल भेन्चरका लागि माग्नेबूढालाई केही सर्तसहित १० लाख रुपैयाँमा अनुबन्धित गरिएको छ ।
सुदर्शन थापाको निर्देशनमा बन्ने यो फिल्ममा केदारको मुख्य भूमिका हुनेछ । टेलिभिजनमा धुर्मुससँग छुट्टिएपछि दीपक–दीपाको टिममा लागेर चलचित्रमा अभिनय गर्न थालेका केदारले पूजाको फिल्ममा पाएको पारि श्रमिकबाट डेढ लाख रुपैयाँ कर तिर्ने सहमतिमा १० लाख पारि श्रमिक लिएका हुन् । उनले यो फिल्म रिलिज हुनुभन्दा पहिले दीपा–दीपकको ‘छक्का पञ्जा ३’ बाहेक अन्य फिल्ममा काम गर्न नपाउने सहमति पनि भएको छ । एक महिनापछि यो फिल्मको छायांकन सुरु हुने बताइएको छ ।
फिल्ममा पूजा र केदारका साथमा विल्सनविक्रम राई ‘तक्मेबूढो’, रवीन्द्र झालगायतको पनि अभिनय रहनेछ । केदारले फिल्मको कथा चित्त बुझेकाले काम गर्न तयार भएको जानकारी दिए । ‘कलाको कुनै मूल्य हुँदैन, कलाकारको पारि श्रमिक बढ्दै जानु भनेको समग्र चलचित्र उद्योग नै माथि जानु हो । त्यसैले १० लाखे केदारलाई बधाई, छक्का पञ्जा टिम हाईहाई..।
यतिखेर छक्का पञ्जा–२ मा आफैंले बोलेको संवाद याद आयो, जोक्कर त भनिहालेऊ तर याद राख ५२ पत्ती तासमा जोक्कर एउटै हुन्छ र विशेष हुन्छ’, माग्नेबूढा यो चलचित्रमा अनुबन्धित भएपछि उनका सहकर्मी ‘मुन्द्रे’ अर्थात् जितु नेपालले प्रतिक्रिया व्यक्त गरेका छन् ।
यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग...
विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...