१० बैशाख २०७८, शुक्रबार
April 23, 2021, Friday

आइफोन-टेन नेपालमा, मूल्य १ लाख ५९ हजार

आइफोन-टेन नेपालमा, मूल्य १ लाख ५९ हजार

१४ मंसिर, काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन टेन शुक्रबारदेखि नेपालमा बिक्रि सुरू हुने भएको छ ।

आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ ।६४ जीबीको अाइफोन टेनको मूल्य १ लाख ३८ हजार र २५६ जीबीको मूल्य १ लाख ५९ हजार रूपैयाँ पर्ने एप्पलको नेपालका लागि अाधिकारिक विक्रता जेननेक्स्टले जनाएको छ ।यो मूल्यमा भ्याटसमेत जोडिएको छ ।

अर्ध बाषिर्कमा एकजना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ । यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

‘हामी ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गर्दछौं । हाम्रा आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल), क्विालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट मात्र खरिद गर्नुहोस् र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न नभुल्नुहोला,’ विज्ञप्तिमा भनिएको छ ।
ग्राहकलेे खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमा गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।

सबै ग्राहकले कृपया एप्पलका सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्च गरुन् र एप्पल स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउन् भन्ने हेतुका साथ यस्तो आग्रह गरिएको कम्पनीले जनाएको छ ।

‘थुप्रै फोनहरु अनधिकृत रुपमा देश भित्र आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन्, तर त्यस्ता फोनहरुको कुनै वारेन्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् । एप्पलका प्रयोगकर्ताहरुलाई अनुरोध छ की सक्कली उत्पादनहरु मात्र खरिद गरौं र अनधिकृत रुपमा आउने सामाग्रीहरुबाट टाढै रहौं,’ कम्पनीले भनेको छ ।

Related News

गायक द्रोण पराजुलीको विकासबादी संगीतको नयाँधार यस्तो छ,    लिरिकल भिडियो सहित, आउ प्रिय
गायक द्रोण पराजुलीको विकासबादी संगीतको नयाँधार यस्तो छ, लिरिकल भिडियो सहित, आउ प्रिय
  • १४ मंसिर २०७४, बिहीबार

सूचना प्रविधिको विकासमा करिव एक दशकदेखि सक्रिय सामाजिक अभियानता द्रोण पराजुलीले विकासबादी साहित्य प्रतिस्ठान मार्फत् विकासबादी संगीतको स्वाद ध्येय बोकेको...

अमेरिकी कंग्रेसमा गुगल प्रमुखलाई प्रश्नको बर्षा– ‘गुगलमा ‘इडियट’ सर्च गर्दा ट्रम्पको फोटो किन आउँछ ?’
अमेरिकी कंग्रेसमा गुगल प्रमुखलाई प्रश्नको बर्षा– ‘गुगलमा ‘इडियट’ सर्च गर्दा ट्रम्पको फोटो किन आउँछ ?’
  • १४ मंसिर २०७४, बिहीबार

एजेन्सी– गुगलको सर्च अल्गोरिदमले कसरी काम गर्छ भनेर बुझ्ने प्रयासमा एक डेमोक्रेटिक सांसदले उक्त कम्पनीका सीईओलाई एक साधरण प्रश्न सोधिन्,‘यदि...

स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ टिप्स
स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ टिप्स
  • १४ मंसिर २०७४, बिहीबार

आफ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ । मोबाइलमा...

TOP