प्रयोगकर्ताका डाटामाथि अनधिकृत पहुँच स्थापित गरी दुरुपयोग गर्ने एपहरुमाथि कारवाही गर्ने कार्य सुरु गरेको फेसबुकले पहिलो चरणमा फेसबुकमा क्रियाशील २ सय वटा एपलाई निलम्बन गरेको छ ।
प्रयोगकर्ताका डाटा लिक भएको काण्डमा विवादित बनेको फेसबुकले डाटा गोपनियताका लागि सख्त कदम चाल्ने घोषणा गरेकोमा अनधिकृत एपहरुमाथि निलम्बन सुरु गरेको हो ।
फेसबुकले निलम्बन गरिएका एपहरुको नाम भने खुलाएको छैन । तर ती एपका डेभलपरलाई त्यसबारेमा जानकारी गराइसकिएको जनाएको छ ।
ती एपहरुले प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गरे नगरेको विषयमा गहन अनुसन्धान गरिने र त्यतिन्जेलसम्मका लागि निलम्बन गरिएको फेसबुकको प्रडक्ट पार्टनरसीप विभागका उपाध्यक्ष इमी आर्चिबोंगले जनाएका छन् ।
फेसबुकले अन्य हजारौँ एपहरुमाथि हाल निगरानी गरिरहेको जनाएको छ ।
गत मार्च २१ मा फेसबुक संस्थापक मार्क जुकरबर्गले एक घोषणा गर्दै सन् २०१४ अघि प्रयोगकर्ताका डाटामा पहुँच रहेका एपहरुमाथि अनुसन्धान गरिने घोषणा गरेका थिए ।
फेसबुक प्रयोगकर्ताका डाटाको दुरुपयोग गर्ने सबै एपहरु पत्ता लगाउन अझै धेरै काम बाँकी रहेको आर्चिबोंगले जनाएका छन् । उनका अनुसार यस विषयमा शिघ्र रुपमा अनुसन्धान गर्नका लागि आन्तरिक र बाह्य विज्ञहरुको समूह खटाइएको उनको भनाइ छ ।
एजेन्सीको सहयोगमा
सूचना प्रविधिको विकासमा करिव एक दशकदेखि सक्रिय सामाजिक अभियानता द्रोण पराजुलीले विकासबादी साहित्य प्रतिस्ठान मार्फत् विकासबादी संगीतको स्वाद ध्येय बोकेको...
एजेन्सी– गुगलको सर्च अल्गोरिदमले कसरी काम गर्छ भनेर बुझ्ने प्रयासमा एक डेमोक्रेटिक सांसदले उक्त कम्पनीका सीईओलाई एक साधरण प्रश्न सोधिन्,‘यदि...
आफ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ । मोबाइलमा...