६ बैशाख २०७८, सोमबार
April 19, 2021, Monday

एप्पलको बजार मूल्य १० खर्ब नजिक पुग्यो

एप्पलको बजार मूल्य १० खर्ब नजिक पुग्यो

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको शेयर मूल्य सोमबार अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो । र, यो सँगै एप्पल कम्पनीको बजार मूल्य १० खर्ब डलर नजिक पुगेको छ ।

बर्कशायर हाथावेको वार्षिक शेयरधनी बैठकमा कम्पनीका अध्यक्ष तथा सिइओ वारेन बफेटले एप्पलको थप साढे ७ करोड कित्ता शेयर हाथावेले खरीद गरेको खुलासा गरेसँगै एप्पलको शेयर मूल्य आकासिएको हो ।

त्यस्तै दी ओरेकल अफ ओमाहाज कम्पनीसँग एप्पलको २४ करोड कित्ता शेयरको स्वामित्व रहेको छ, जुन एप्पलको कुल शेयरको ५ प्रतिशत हो ।

एप्पलको शेयर मूल्य सोमबार २ प्रतिशतले वृद्धि भयो र कम्पनीको बजार मूल्य ९ खर्ब ४० करोड पुग्यो ।

यो मे महिना एप्पल कम्पनीका लागि निकै फलिफाप भैरहेको छ ।

मे १ तारेखमा सार्वजनिक रिपोर्टमा एप्पलले अपेक्षा भन्दा बढि मुनाफा हासिल गरेको तथ्यांकले वालस्ट्रिटलाई तीनछक बनाइदिएको थियो । पछिल्लो समय अमेरिकामा आइफोनको बिक्रि घटेपछि जापान र चीनमा आइफोनको बिक्री नाटकीय रुपमा बढेको तथ्यांकले देखाएको छ ।

लगानी कर्ताको प्रतिशेयर मुनाफा तथा लाभांसमा वृद्धि हुनेगरी एप्पलले स्टक बाइब्याक कार्यक्रमको योजनासँगै एप्पलले आफ्ना लगानीकर्तालाई आशावादी बनाइरहेको छ । फलतः मे महिनामा एप्पलको शेयर मूल्य गतवर्षभन्दा १३ प्रतिशतले बढी छ ।

एप्पलको वृद्धि यहीँ दरमा भैरहेमा कम्पनी अबको छोटो समयमै १० खर्ब डलर बजार मूल्य भएको अमेरिकाको पहिलो कम्पनी हुने पक्का छ ।

यद्यपि, अरु तीनवटा कम्पनी पनि यसबाट धेरै टाढा छैनन् । माइक्रोसफ्ट, गुगल र अमेजन पनि एप्पलको पछि पछि छन् ।

माइक्रोसफ्ट तथा गुगलको मातृ कम्पनी अल्फाबेटको बजार मूल्य साढे ७ खर्ब छ भने अमेजनको बजार मूल्य झण्डै ८ खर्ब रहेको छ ।

त्यस्तै फेसबुकको मूल्य ५ खर्ब १५ अर्ब डलर रहेको छ । गत वर्ष इतिहासमै सबैन्दा धेरै मूल्य कायम गरेको फेसबुकको बजार मूल्य अहिले १० प्रतिशतले घटेको छ ।

सिएनएनबाट

Related News

गायक द्रोण पराजुलीको विकासबादी संगीतको नयाँधार यस्तो छ,    लिरिकल भिडियो सहित, आउ प्रिय
गायक द्रोण पराजुलीको विकासबादी संगीतको नयाँधार यस्तो छ, लिरिकल भिडियो सहित, आउ प्रिय
  • २६ बैशाख २०७५, बुधबार

सूचना प्रविधिको विकासमा करिव एक दशकदेखि सक्रिय सामाजिक अभियानता द्रोण पराजुलीले विकासबादी साहित्य प्रतिस्ठान मार्फत् विकासबादी संगीतको स्वाद ध्येय बोकेको...

अमेरिकी कंग्रेसमा गुगल प्रमुखलाई प्रश्नको बर्षा– ‘गुगलमा ‘इडियट’ सर्च गर्दा ट्रम्पको फोटो किन आउँछ ?’
अमेरिकी कंग्रेसमा गुगल प्रमुखलाई प्रश्नको बर्षा– ‘गुगलमा ‘इडियट’ सर्च गर्दा ट्रम्पको फोटो किन आउँछ ?’
  • २६ बैशाख २०७५, बुधबार

एजेन्सी– गुगलको सर्च अल्गोरिदमले कसरी काम गर्छ भनेर बुझ्ने प्रयासमा एक डेमोक्रेटिक सांसदले उक्त कम्पनीका सीईओलाई एक साधरण प्रश्न सोधिन्,‘यदि...

स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ टिप्स
स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ टिप्स
  • २६ बैशाख २०७५, बुधबार

आफ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ । मोबाइलमा...

TOP