२० श्रावण २०७८, बुधबार
August 4, 2021, Wednesday

एप्पलले बदल्दैछ आइफोनको नाम

एप्पलले बदल्दैछ आइफोनको नाम

एप्पलले आफ्ना आगामी संस्करणका आइफोनको नाम सरलीकरण गर्ने भएको छ ।

टेक्नोलोजी विश्लेषण सम्बन्धी एक चर्चित साइट गुगेनहेमका विश्लेषक रोबर्ट चिराका अनुसार एप्पलले यो वर्ष सार्वजनिक गर्ने आफ्नो नयाँ आइफोन तथा भविष्यमा ल्याउने अन्य आइफोनको नाममा महत्वपूर्ण परिवर्तन गर्ने योजना बनाइरहेको छ । उक्त साइटको रिसर्च नोटमा उनले लेखेका छन्, ‘आइफोनको नामाकरण तथा ब्राण्डिङका सन्दर्भमा औपचारिक परिवर्तन गर्नका लागि एप्पलले आफ्नो आगामी साइकल प्रयोग गर्नेछ ।’

एप्लले यो वर्ष सार्वजनिक गर्ने भनिएको सबैभन्दा सस्तो आइफोनको नाममा आइफोन पछाडि कुनै फुर्को जोड्नेछैन र मात्र क्ष्एजयलभ राख्नेछ ।

यसको अर्थ एप्पलले आइफोन ब्राण्डको पछाडि सेभेन, सिक्स, टेन आदिजस्तै कुनै नम्बर राख्नेछैन ।

एप्पलले केही समयअघि लञ्च गरेको नयाँ आइप्याडलाई साधारण रुपमा क्ष्एबम मात्र नामाकरण गरेको थियो र यहीँ ट्रेण्ड आगामी आइफोनमा पनि लागू गर्ने दाबी उनको छ । यसअघि एप्पलले आइप्याड, आइप्याड टू, आइप्याड थ्री, आइप्याड फोर हुँदै गत वर्ष मात्र आइप्याड नामबाट नयाँ आइप्याड लञ्च गरेको थियो ।

गत वर्ष आइफोनले सनातनी रुपमा आइफोन सेभेन एसको साटो आइफोन एट, एड प्लस र आइफोन एक्स ल्याएको थियो । आइफोन एक्स उसको दशौँ वर्षगाँठको फ्लागसीप स्मार्टफोन थियो ।

यो वर्ष एप्पलले तिनवटा आइफोन सार्वजनिक गर्ने अनुमान गरिएको छ । जसमाः

· आइफोन एक्सको उत्तराधिकारीको रुपमा ५.८ इन्चको ओएलइडी आइफोन

· एप्पलको प्लस भेरिएन्टको रुपमा ६.५ इन्चको ओएलइडी आइफोन

· सस्तो मूल्यको ६.१ को एलसिडी आइफोन

यससँगै यहीँ जुनमा हुने कन्फ्रेन्समा एप्पलले आफ्नो सबैभन्दा सानो आकारको आइफोन, आइफोन एस इ सार्वजनिक गर्ने पनि बताइएको छ । यो फोन सन् २०१६ मा सार्वजनिक भएको आइफोन एसइको उत्तराधिकारीको रुपमा रहेको बताइएको छ ।

Related News

गायक द्रोण पराजुलीको विकासबादी संगीतको नयाँधार यस्तो छ,    लिरिकल भिडियो सहित, आउ प्रिय
गायक द्रोण पराजुलीको विकासबादी संगीतको नयाँधार यस्तो छ, लिरिकल भिडियो सहित, आउ प्रिय
  • १४ बैशाख २०७५, शुक्रबार

सूचना प्रविधिको विकासमा करिव एक दशकदेखि सक्रिय सामाजिक अभियानता द्रोण पराजुलीले विकासबादी साहित्य प्रतिस्ठान मार्फत् विकासबादी संगीतको स्वाद ध्येय बोकेको...

अमेरिकी कंग्रेसमा गुगल प्रमुखलाई प्रश्नको बर्षा– ‘गुगलमा ‘इडियट’ सर्च गर्दा ट्रम्पको फोटो किन आउँछ ?’
अमेरिकी कंग्रेसमा गुगल प्रमुखलाई प्रश्नको बर्षा– ‘गुगलमा ‘इडियट’ सर्च गर्दा ट्रम्पको फोटो किन आउँछ ?’
  • १४ बैशाख २०७५, शुक्रबार

एजेन्सी– गुगलको सर्च अल्गोरिदमले कसरी काम गर्छ भनेर बुझ्ने प्रयासमा एक डेमोक्रेटिक सांसदले उक्त कम्पनीका सीईओलाई एक साधरण प्रश्न सोधिन्,‘यदि...

स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ टिप्स
स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ टिप्स
  • १४ बैशाख २०७५, शुक्रबार

आफ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ । मोबाइलमा...

TOP