जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि रु ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । आज अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने बताउनुभयो ।
जापानी राजदूत ओगवाले प्राकृतिक विपद्मा परेका नेपाली जनताको विकासमा सहायता रकमले मद्दत पुगोस् भन्ने चाहाना रहेको बताउनुभयो ।
जापान र नेपाल प्राकृतिक विपद्मा परिरहने मुलुक हुन् ।
सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ । प्रमुख...
सरकारले आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान...
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको...