४ माघ २०७७, आईतवार
January 17, 2021, Sunday

६९८ आरोही हिमाल आरोहणमा

६९८ आरोही हिमाल आरोहणमा

यस वर्षको वसन्त ऋतुमा (याम) सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । यी मध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८ वटा टिमका ३४६ पर्वतारोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिएका धेरै टिम वेसक्याम्प पुगिसकेका छन् , भने सम्पर्क अधिकृत पनि खटिएको विभागले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०१७ को यही याममा १०८ टिमका ८३८ आरोहीले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ४३ वटा टिमका ३३६ आरोही सगरमाथा आरोहणमा गएका थिए ।

सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि अझै केही दिन आरोहण अनुमति दिने बताइएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले हिमाल आरोहणको याम अझै एक महिना बाँकी रहेकाले सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि आरोही बढ्ने सम्भावना रहेको बताउनुभयो ।

सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि ९ टिमका ९६ जनाले अनुमति लिएका छन् । यस्तै, कञ्चनजंघा हिमाल आरोहण गर्न पाँच टिमका ४४ जना, अमादब्लम हिमालका लागि चार टिमका २८ जना, धवलागिरि हिमालका लागि तीन टिमका ३४ जना र मकालु हिमालका लागि तीन टिमका २७ जनाले आरोहणको तयारी गरेका छन् । रासस

Related News

इलाम विकास समाजको मिनी माइवेनी मेला काठमाण्डौमा यसरी मनाइयो
इलाम विकास समाजको मिनी माइवेनी मेला काठमाण्डौमा यसरी मनाइयो
  • ९ बैशाख २०७५, आईतवार

युटीभी समचारदाता, काठमाण्डौ, माघ १ इलाम विकास समाज (इविस) ले गत बर्षझै यसबर्षको माघे संक्रान्ति पनि विशेष रुपमा कार्यक्रमको आयोजना...

तेस्रो प्रस्तुति पर्यटन संगीतका साथ गायक द्रोण पराजुलीले ल्याए भ्रमण बर्ष २०२० गीत
तेस्रो प्रस्तुति पर्यटन संगीतका साथ गायक द्रोण पराजुलीले ल्याए भ्रमण बर्ष २०२० गीत
  • ९ बैशाख २०७५, आईतवार

मानिस स्वभावैले यथास्थितिमै रमाउँछ र बर्तमान अवस्थाबाट अर्को विकासको अवस्थामा फड्को मार्न इच्छा सवैलाई हुन्छ तर समाज, संगत र सोचको...

भक्तपुर मेलामा आज शिव हमाल ,मानसराज,पुर्खे बा लगायतको बिशेस प्रस्तुति
भक्तपुर मेलामा आज शिव हमाल ,मानसराज,पुर्खे बा लगायतको बिशेस प्रस्तुति
  • ९ बैशाख २०७५, आईतवार

तेजेन्द्रसमशेर ! गत २१ गते देखि संचालित पाचौ भक्तपुर औधोगिक,सास्कृतिक,पर्यटन तथा ब्यापार मेलामा आज चर्चित गायक शिव हमाल,गायक मानसराज ,हास्य...

TOP