चारुमती बुद्धिष्ट मिसन नेपालले यही माघ २० गते काठमाडौँको स्वयम्भूबाट काभ्रेको नमो बुद्धसम्म साइकल यात्रा गर्ने भएको छ ।
उक्त मिसनले स्वयम्भूबाट नमोबुद्धसम्म बुद्ध पथ ९सर्किट० निर्माण गर्न सम्बन्धित पक्षलाई दबाब दिने उद्देश्यले उक्त यात्रा गर्न लागेको हो ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा भिक्षु तपस्सी धम्मले बुद्ध जन्मेको देश नेपालमा बौद्ध सम्पदा, शिक्षा र साहित्यको प्रवद्र्धन हुन नसकेको अवस्थामा उक्त यात्राले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र विश्व साइकल यात्री पुस्कर शाहले यस किसिमको यात्राले बुद्धको शान्ति र अहिंसाका सन्देशलाई विश्वमा फैलाउन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रम संयोजक विश्व उलकले प्राचीन इतिहास बोकेको नमोबुद्ध क्षेत्रको प्रचारप्रसार हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
वल्र्ड साइकल टुर क्याम्पेन नेपालको सहयोगमा हुने उक्त यात्रामा २०० जना सहभागी हुनेछन् ।
भौगोलिक तथा पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण रहेको नमोबुद्ध क्षेत्रमा धार्मिक पर्यटक आकर्षित गर्न बुद्ध पथ निर्माणका लागि सो यात्रा महत्वपूर्ण हुने बताइएको छ ।
उक्त संस्थाले आगामी दिनमा पनौतीबाट नमोबुद्ध क्षेत्रमा ‘विश्व सांस्कृतिक शान्ति पदयात्रा’ को तयारी गरिरहेको पनि सो अवसरमा जानकारी गराइयो ।
रासस
युटीभी समचारदाता, काठमाण्डौ, माघ १ इलाम विकास समाज (इविस) ले गत बर्षझै यसबर्षको माघे संक्रान्ति पनि विशेष रुपमा कार्यक्रमको आयोजना...
मानिस स्वभावैले यथास्थितिमै रमाउँछ र बर्तमान अवस्थाबाट अर्को विकासको अवस्थामा फड्को मार्न इच्छा सवैलाई हुन्छ तर समाज, संगत र सोचको...
तेजेन्द्रसमशेर ! गत २१ गते देखि संचालित पाचौ भक्तपुर औधोगिक,सास्कृतिक,पर्यटन तथा ब्यापार मेलामा आज चर्चित गायक शिव हमाल,गायक मानसराज ,हास्य...