१७ श्रावण २०७८, आईतवार
August 1, 2021, Sunday

पर्यटकको रोजाइमा ‘गाईघाट झरना’

पर्यटकको रोजाइमा ‘गाईघाट झरना’

 

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित ‘गाईघाट झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।
प्राकृतिक सुन्दरतायुक्त झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो छ । वर्षौंदेखि ओझेलमा परेको झरना प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माणले चर्चामा आएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले तीन वर्षअघि झरनालाई पर्यटकीय गन्तव्य बनाउन योजनाबद्धरुपमा काम थालेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट अहिले झरनाले नयाँ स्वरुप पाएको छ ।
झरना छेउ पौडी पोखरी, वनभोजस्थल, विश्रामस्थल, पदमार्गलगायतका संरचना निर्माण गरिएको छ । महत्व भएर पनि पछाडि परेको झरनामा पूर्वाधार बनेपछि वर्षायामबाहेकका सबै महिनामा आगन्तुकको भीड लाग्ने गरेको छ । पर्यटकीय याममा दैनिक सयौँ आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि पुग्ने गरेको केन्द्रका उपाध्यक्ष राज थापाले बताउनुभयो । पूर्वाधार निर्माणकै क्रममा झरनाको भित्रपट्टि फेला परेको गुफाले पनि पर्यटकीय आकर्षण थपेको छ । चालीस जनाजति अट्ने गुफालाई धार्मिक आस्थासँग जोडेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गाईघाटदेखि नजिकै रहेको भूताह गल्छीसम्म पुग्न पदमार्ग बनाउने योजनामा केन्द्र छ । “पचास मिटर अग्लो झरनामा क्यानोनिङ सञ्चालन गर्ने योजना छ”, सचिव थापाले भन्नुभयो । गाईघाट झरनासँगै भूताह गल्छीको पर्यटकीय विकास गर्ने उद्देश्यले काम अघि बढाइएको उहाँले बताउनुभयो । गर्मी याममा झरना अवलोकनसँगै प्राकृतिक तलाउमा स्नान र पौडीका लागिसमेत पर्यटक आउने गरेका छन् । पछिल्लो समय झरना क्षेत्र वनभोज जानेको रोजाइमा पर्ने गरेको छ ।
बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थी शैक्षिक अवलोकन भ्रमणका लागि जाने गरेका छन् । दरमखोला किनारमा अवस्थित झरना माछा मार्न रुचाउने पर्यटकको समेत रोजाइमा पर्छ । गाईघाट झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारका रुपमा समेत लिने गरिन्छ । सदरमुकामदेखि १० कोष पश्चिममा अवस्थित झरनालाई पर्यटकीय गन्तव्य बनाइने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेटमा प्राथमिकता दिएको उल्लेख गर्नुभयो । पर्यटनसँग सम्बन्धित संस्थासँग मिलेर योजनाबद्ध रुपमा काम गर्ने उहाँ बताउनुहुन्छ ।

Related News

इलाम विकास समाजको मिनी माइवेनी मेला काठमाण्डौमा यसरी मनाइयो
इलाम विकास समाजको मिनी माइवेनी मेला काठमाण्डौमा यसरी मनाइयो
  • १४ मंसिर २०७४, बिहीबार

युटीभी समचारदाता, काठमाण्डौ, माघ १ इलाम विकास समाज (इविस) ले गत बर्षझै यसबर्षको माघे संक्रान्ति पनि विशेष रुपमा कार्यक्रमको आयोजना...

तेस्रो प्रस्तुति पर्यटन संगीतका साथ गायक द्रोण पराजुलीले ल्याए भ्रमण बर्ष २०२० गीत
तेस्रो प्रस्तुति पर्यटन संगीतका साथ गायक द्रोण पराजुलीले ल्याए भ्रमण बर्ष २०२० गीत
  • १४ मंसिर २०७४, बिहीबार

मानिस स्वभावैले यथास्थितिमै रमाउँछ र बर्तमान अवस्थाबाट अर्को विकासको अवस्थामा फड्को मार्न इच्छा सवैलाई हुन्छ तर समाज, संगत र सोचको...

भक्तपुर मेलामा आज शिव हमाल ,मानसराज,पुर्खे बा लगायतको बिशेस प्रस्तुति
भक्तपुर मेलामा आज शिव हमाल ,मानसराज,पुर्खे बा लगायतको बिशेस प्रस्तुति
  • १४ मंसिर २०७४, बिहीबार

तेजेन्द्रसमशेर ! गत २१ गते देखि संचालित पाचौ भक्तपुर औधोगिक,सास्कृतिक,पर्यटन तथा ब्यापार मेलामा आज चर्चित गायक शिव हमाल,गायक मानसराज ,हास्य...

TOP